२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाम उपमहानगरपालिकाद्वारा घर तथा भवन नक्सासम्बन्धी अभिलेखीकरण सुरु



अ+ अ-

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले घर तथा भवन नक्सासम्बन्धी अभिलेखीकरण प्रक्रिया सुरु गरेको छ ।

उपमहानगरपालिका कार्यालयले नक्सा स्वीकृत नगरी निर्माण गरिएका तथा स्वीकृत नक्सामा हेरफेर गरी बनाइएका घर तथा भवनको अभिलेखीकरण प्रक्रिया सुरु गरेको जनाएको छ ।

गत असार ३० गते सम्पन्न १३ औँ नगरसभाको निर्णयअनुसार आइतबारदेखि वैशाख २५ गतेसम्म तीन महिनाभित्र आवश्यक कागजातसहित निवेदन दिई प्रक्रियामा आउन आग्रह गरिएको नगरप्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाभित्र प्रचलित कानुनबमोजिम नक्सा पास नगरी बनाइएका वा स्वीकृत नक्सामा परिवर्तन गरी निर्माण गरिएका संरचनालाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियान सुरु गरिएको र उक्त अवधिभित्र निवेदन दिने भवनधनीको हकमा कुनै कारबाही नहुने उहाँले बताउनुभयो ।

अभिलेखीकरणका लागि जग्गाधनी प्रमाणपुर्जा, घरजग्गा कर तिरेको रसिद, नागरिकता, नापी नक्सा, इन्जिनियरको प्रमाणपत्र, घरको तस्बिर, फुटप्रिन्टलगायत कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ । साथै बाटो प्रष्ट नभएको अवस्थामा वडा कार्यालयको सिफारिससमेत आवश्यक पर्ने भनिएको छ ।

यसैगरी संस्थागत भवनका लागि उद्योग तथा कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, संस्थाको निर्णयलगायत थप कागजातसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

“नक्सा पास गरेर होस् वा नगरेर बनाइएका घर तथा भवनको अभिलेखीकरण गर्छौं । तोकिएको समयमा प्रक्रियामा आएकालाई कुनै कारबाही नगरी नियमानुसार नियमित गर्छौं, तर समयसीमा नाघेर आएका निवेदनमाथि कुनै प्रक्रिया अघि बढाइने छैन । यससम्बन्धी काम भू–उपयोग तथा भवन निर्माण इजाजत शाखामार्फत भइरहेको छ”, नगरप्रमुख साहले भन्नुभयो ।  रासस