११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न पार्टी नेता कार्यकतालाई उपभापति शर्माको आग्रह

कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न पार्टी नेता कार्यकतालाई उपभापति शर्माको आग्रह
अ अ+ अ-

चितवन। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो कुरा प्रष्ट रूपमा राख्न अरुलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न आग्रह गर्नुभएको हो ।

उपसभापति शर्माले भन्नुभयो, “हामीले कसैलाई गाली नगरौँ । आफ्ना कुरा जनतालाई बुझाऔँ, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागाँै । हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा लागौँ ।”

उहाँले पार्टीभित्र भएको विशेष महाधिवेशनले मैलो पखालेको भन्दै देश बदल्ने सङ्कल्पसहित गुटरहित मानसिकता चुनावमा होमिएको सन्देश दिन पनि निर्देशन दिनुभयो । “पार्टीले फागुन २१ लक्षित गर्दै २१ दिने अभियान सञ्चालन गर्न लागेको छ ।

अभियानका क्रममा जिल्ला, प्रदेश र केन्द्रले खटाएका नेताबाहेक अन्य नेताहरू आफ्नै वडामा २१ दिन खटिन स्पष्ट निर्देशन छ”, उपसभापति शर्माले भन्नुभयो,“अभियानका क्रममा आफ्नो वडामा सक्रिय भएर काम गरौँ । आफ्नो वडा छाडेर अर्काको वडामा जानु आवश्यक छैन । आफ्नै क्षेत्रमा पार्टी र देश बदल्न कांग्रेसले लिएको नीति घरघरमा पु¥याऔँ ।”

कार्यक्रममा केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले पार्टीले हाल देशभर ७५ प्रतिशत हाराहारी युवा र नयाँ उम्मेदवार लिएर चुनावमा गएको उल्लेख सबैलाई जिताउने गरी खट्न आग्रह गर्नुभयो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा चितवन प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार राजेन्द्र बुर्लाकोटी, क्षेत्र २ का उम्मेदवार मीनाकुमारी खरेल र क्षेत्र नं ३ का उम्मेदवार टेकप्रसाद गुरुङले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसले गरेका कामबारे जानकारी गराउँदै सबैलाई गोलबद्ध गर्न र मतदाता जोड्ने अभियान सञ्चालन गर्न आवश्यक रहेको उहाँहरूको भनाइ थियो । रासस