११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रतिनिधिसभा निर्वाचनः जनशक्ति विवरण सङ्कलन धमाधम

प्रतिनिधिसभा निर्वाचनः जनशक्ति विवरण सङ्कलन धमाधम
अ अ+ अ-

महेन्द्रनगर। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा कर्मचारी (जनशक्ति) परिचालनको गृहकार्य थालिएको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत दिलीप भाटले यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जनशक्ति विवरण बुझाउन थालिएको जानकारी दिनुभयो । “हामीले कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कर्मचारी विवरण बुझाएका छौँ”, सूचना अधिकृत भाटले भन्नुभयो, “अन्यत्र पनि विवरण सङ्कलन कार्य अन्तिमतिर पुगेको छ ।”

नौ मुख्य निर्वाचन अधिकृत र सात निर्वाचन अधिकृतको कार्यालय रहेको सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि तयारी पूरा भइसकेको छ । यहाँ सात हजारभन्दा बढी नेपाल प्रहरी, पाँच हजारभन्दा बढी सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालित हुनेछन् । भने सशस्त्र प्रहरी बलले १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन बेशसमेत सञ्चालनमा ल्याएको छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले पनि निर्वाचनका लागि खटिने जनशक्तिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । “विवरण सङ्कलन अन्तिम चरणमा छ”, निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख हरिचन्द्र जोशीले भन्नुभयो, “मङ्गलबारसम्म विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति विवरण बुझाउने छौँ ।” कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा स्वतन्त्रसहित ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस