१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीमार्फत अमेरिकाले नेपालको विकासमा साथ दिन खोजेको छ, खुट्टा नकमाई पारित गर्नुपर्छ: देउवा



अ+ अ-

नेपालको विकासमा ओरिकाले साथ दिन खेजेकोले संसदबाट एमसीसी अनुमोदन गर्नृुपर्ने नेपाली कंग्रेसका सभापति शेर बहादुर देउवाले बातएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपालको विकासमा अमेरिकाले साथ दिन खोजेको छ, यो विषयलाई अनुमोदन गरेर जानुपर्छ ।’ साथै उनले यस्तो विषयमा खुट्टा कमाउन नहुने र एमसीसीलाई गलत ढङ्गले व्याख्या गरेको पनि बताए । उनले यो सहयोग गुम्न नहुने पनि बताए । अहिले एमसीसीलाई लिएर निकै चर्का चर्की भईरहेको छ ।

यस विषयलाई लिएर सत्तारुढ नेकपा मै पनि मतभेदहरु आईरहेका छन् भने यता प्रमुख प्रतिपक्षि कांग्रेस भने यसलाई पारित गरिनुपर्छ भन्नेमा अडिक रहेको छ ।