२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारकर्मीहरुलाई पत्रकार महासंघले भन्योः सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार बन्नू



अ+ अ-

काठमाडौँ।  नेपाल पत्रकार महासंघले जिम्मेवार भएर सामाजिक सञ्जाललगायतका विद्युतीय सञ्चार माध्यामहरुको प्रयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्माले जिम्मेवार भएर सामाजिक सञ्जाललगायतका विद्युतीय सञ्चार माध्यमहरुको प्रयोग गर्न सञ्चारकर्मीहरुलाई सचेत गराउनुभएको हो ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पत्रकारहरुले आफ्नो अनुसन्धानको काम नसकिदै सामाजिक सञ्जालहरुमा त्यस्ता विषयहरु सार्वजनिक गरिदिँदा प्रहरीको अपराध अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष शर्माले सञ्चारकर्मीहरुलाई जिम्मेवार भएर सामाजिक सञ्जालहरुको प्रयोग गराउनका लागि महासंघले देशभर सो सम्बन्धि अभियानको सुरुवात गरेको पनि स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले निर्वाचनको बेला मात्रै होइन । हरेक पत्रकारहरुले आफ्नो समाचार कन्टेन्टमा मात्रै होइन, व्यक्तिगत डिजिटल प्लेट फर्ममा पनि हामी जिम्मेवार हुन जरुरी छ ।

किनभने अहिले युग नै डिजिटल प्लेटफर्महरु छिटो बढी प्रभावित हुने र हेर्ने कारणले गर्दा पत्रकारहरुले पनि आफूले अनुसन्धान गरेको रिर्पोटिङ पूरा नहँदै सोसल कन्टेन्टमा लेख्ने कारणले पनि अपराध अनुसन्धानमा फरक पर्छ होला ।

त्यसकारण हामीले समाचार बनाउँदै मात्रै होइन, हाम्रा हरेक गतिविधिमा हरेक व्यक्ति सोसल प्लेटफर्म प्रयोग गर्दा जिम्मेवार हुनुपर्छ भनेर पत्रकार महासंघले त्यो खालको अभियान पनि देशभर शुरु गरेको छ ।’

महासंघले प्रहरीको अपराध अनुसन्धानमा सञ्चारकर्मीहरुको सहकार्य अझै घनिभूत बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।