११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
अ अ+ अ-

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–६ जरङ्ख बस्ने नवलपरासी पूर्व घर भएका २४ वर्षीय गुराँस गुरुङ र काठमाडौँ नारायणथान बस्ने सिन्धुली दुधौली गाउँपालिका–२ घर भएका २३ वर्षीय रोशन भुजेल रहेका छन् ।

उनीहरका साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ८०० ट्याब्लेट बरामद गरेको छ । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका–१६ ढुङ्गेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित काठमाडौँ टेकु बस्ने नुवाकोट घर भएका २२ वर्षीय प्रकाश ठकुरीलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा५५प ८४६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषध फेला पारी चालक ठकुरीलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका–१८ नरदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७० ट्याब्लेटसहित तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मकवानपुर घर भएका २४ वर्षीय राजेश गमाल, कालीकोट घर भएका २२ वर्षीय निराञ्जन रोकाय र काठमाडौँ महानगरपालिका–१८ घर भएका कुशलरत्न तुलाधर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । उनीहरूलाई प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता लम्कीचुहा नगरपालिका–१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम विकलाई प्रहरीले पक्राउ गरेको छ । निजलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीकै टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ३९० मिलिग्रामसहित सोही नगरपालिका–८ बस्ने १९ वर्षीय धनराज बुढा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३७० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१ बस्ने २९ वर्षीय दिनेश विकलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, ग्रामथान गाउँपालिका–५ सोमबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार २० ट्याब्लेट र स्पास्पेन एक हजार ५०० ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–११ बस्ने २५ वर्षीय रन्जित साह र सोही गाउँपालिका–५ तेतरिया चोकस्थित बैजनाथ औषधि पसलका सञ्चालक ७३ वर्षीय भकुलाल विश्वास थारू रहेका प्रवक्ता काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी चौकी तेतरियाबाट खटिएको प्रहरीले तेतरियाबाट नेताचोकतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३९७३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक रन्जित साह र सिटीमा सवार भकुलाललाई पक्राउ गरेको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ पाँच ग्राम ४२ मिलिग्रामसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दीपक विक र २५ वर्षीय अशोक विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । रासस