११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

किशोरावस्था एचपिभी खोप लगाउँदा प्रभावकारी

किशोरावस्था एचपिभी खोप लगाउँदा प्रभावकारी
अ अ+ अ-

तनहुँ। तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपिभी खोप अभियानमा १४९ स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीका अनुसार जिल्लाका दश स्थानीय तहमा १४९ स्वास्थ्यकर्मी परिचालन गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

माघ २९ र फागुन १ गते व्यास नगरपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

यस्तै फागुन ४ र ५ गते भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

दुई हजार ६२५ जना किशोरीलाई एचपिभी खोप लगाइने दवाडीले बताउनुभयो। हाल विद्यालय जाने कक्षा ६ का छात्रा, गत आर्थिक वर्षमा छुट भएका हाल कक्षा ७ देखि १० मा अध्ययन गर्दै गरेका छात्रा, हाल विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, गत आर्थिक वर्षमा छुट भएका विद्यालय नजाने हाल ११ देखि १४ वर्षका किशोरीलाई उक्त खोप लगाउन लागिएको दवाडीले बताउनुभयो ।

गत वर्ष जिल्लाका १४ हजार १३५ किशोरीलाई उक्त खोप लगाइएको थियो। व्यास नगरपालिकाका ७७६, भानु नगरपालिकाका २४४, शुक्लागण्डकी नगरपालिकाका ४६३, भिमाद नगरपालिकाका २५८, म्याग्दे गाउँपालिकाका १३६, घिरिङ गाउँपालिकाका १०२, ऋषिङ गाउँपालिकाका ११७, देवघाट गाउँपालिकाका ११८, बन्दीपुर गाउँपालिकाका १६६, आँबुखैरेनी गाउँपालिकाका २४५ किशोरीलाई खोप लगाइने दवाडीले बताउनुभयो ।

व्यास नगरपालिकामा २३, भानु नगरपालिकामा १३, शुक्लागण्डकी नगरपालिकामा २३, भिमाद नगरपालिकामा २३, म्याग्दे गाउँपालिकामा ११, घिरिङ गाउँपालिकामा आठ, ऋषिङ गाउँपालिकामा २०, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा छ स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।

नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार ३१३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने जनाइएको छ ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने स्वास्थ्यकर्मी बताउँछन् । रासस