४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

काङ्ग्रेस विधिविधानमा चल्न सकेन : जोशी

काङ्ग्रेस विधिविधानमा चल्न सकेन : जोशी
अ+ अ-

सुरुङ्गा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताउनुभएको छ । नेपाली काँग्रेस विर्तामोड नगरसमितिले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली काँग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताउनुभयो ।

उहाँले काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राख्नुभयो । “नेपाली काँग्रेस अब सच्चिन जरुरी छ”, उहाँले भन्नुभयो, “पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रीत हुनुपर्छ ।”

Minister for Industry Nabindra Raj Joshi

कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, भोला पौडेल, लक्ष्मी आचार्यलगायतले बोल्नुभएको थियो ।

प्रतिरोधात्मक घर निर्माण गर्न सुझाव

साना निर्माणकर्मी व्यवसायीले भूकम्पबाट बच्न भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न सुझाव दिएका छन् । २२औंँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज विर्तामोडमा आयोजित कार्यक्रममा साना निर्माणकर्मी सङ्घ झापाका अध्यक्ष राजु राजवंशीले भूकम्प आउँदा घर भत्कने जोखिम उच्च हुने हुँदा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आग्रह गर्नुभयो ।

उहाँले भारतीय निर्माण व्यवसायीका कारण निर्माण क्षेत्रमा काम गर्ने व्यवसायी र मजदूर दुवै मारमा परेको भन्दै भूकम्प प्रतिरोधात्मक तालीम प्राप्त निर्माण व्यवसायी र निर्माण क्षेत्रमा काम गर्ने मजदूरलाई मात्र घर निर्माण गर्न लगाउनुपर्ने बताउनुभयो ।

झापामा वार्षिक दुई हजार भन्दा बढी घर निर्माण हुने गरेको र अधिकांश निर्माण व्यवसायी भारतीय हुने तथा काम गर्ने मजदूरसमेत भारतबाट आउने हुँदा नेपाली मजदूर र व्यवसायी मारमा परेको उहाँले बताउनुभयो ।

“नेपाली व्यवसायी र मजदूरले भूकम्प प्रतिरोधात्मक तालीम लिएका छन् तर उनीहरुले भारतीय निर्माणकर्मी र मजदूरसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन”, अध्यक्ष राजवंशीले भन्नुभयो, “सस्तोका नाममा भारतीय मजदूरबाट घर निर्माण गर्दा पछिल्लो समय निर्माण गरिएका अधिकांश घर भूकम्पीय जोखिममा छन् ।” झापामा झण्डै पाँच हजार निर्माण व्यवसायी र २० हजारभन्दा बढी मजदूर रहेको अध्यक्ष राजवंशीको भनाइ छ ।

त्यस्तै सङ्घका सचिव श्याम बस्नेतले भूकम्प प्रतिरोधात्मक घर निर्माणका विषयमा सचेतना जगाउन सङ्घले भूकम्प सुरक्षा दिवसको अवसरमा विर्तामोडमा र्यालीसहितको कार्यक्रम आयोजना गरेको बताउनुभयो । साना निर्माणकर्मी सङ्घले भूकम्पको विषयमा निकालेको चेतनामूलक र्यालीले विर्तामोड बजार परिक्रमा गरेको थियो ।