१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस विधिविधानमा चल्न सकेन : जोशी



अ+ अ-

सुरुङ्गा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताउनुभएको छ । नेपाली काँग्रेस विर्तामोड नगरसमितिले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली काँग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताउनुभयो ।

उहाँले काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राख्नुभयो । “नेपाली काँग्रेस अब सच्चिन जरुरी छ”, उहाँले भन्नुभयो, “पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रीत हुनुपर्छ ।”

Minister for Industry Nabindra Raj Joshi

कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, भोला पौडेल, लक्ष्मी आचार्यलगायतले बोल्नुभएको थियो ।

प्रतिरोधात्मक घर निर्माण गर्न सुझाव

साना निर्माणकर्मी व्यवसायीले भूकम्पबाट बच्न भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न सुझाव दिएका छन् । २२औंँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज विर्तामोडमा आयोजित कार्यक्रममा साना निर्माणकर्मी सङ्घ झापाका अध्यक्ष राजु राजवंशीले भूकम्प आउँदा घर भत्कने जोखिम उच्च हुने हुँदा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आग्रह गर्नुभयो ।

उहाँले भारतीय निर्माण व्यवसायीका कारण निर्माण क्षेत्रमा काम गर्ने व्यवसायी र मजदूर दुवै मारमा परेको भन्दै भूकम्प प्रतिरोधात्मक तालीम प्राप्त निर्माण व्यवसायी र निर्माण क्षेत्रमा काम गर्ने मजदूरलाई मात्र घर निर्माण गर्न लगाउनुपर्ने बताउनुभयो ।

झापामा वार्षिक दुई हजार भन्दा बढी घर निर्माण हुने गरेको र अधिकांश निर्माण व्यवसायी भारतीय हुने तथा काम गर्ने मजदूरसमेत भारतबाट आउने हुँदा नेपाली मजदूर र व्यवसायी मारमा परेको उहाँले बताउनुभयो ।

“नेपाली व्यवसायी र मजदूरले भूकम्प प्रतिरोधात्मक तालीम लिएका छन् तर उनीहरुले भारतीय निर्माणकर्मी र मजदूरसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन”, अध्यक्ष राजवंशीले भन्नुभयो, “सस्तोका नाममा भारतीय मजदूरबाट घर निर्माण गर्दा पछिल्लो समय निर्माण गरिएका अधिकांश घर भूकम्पीय जोखिममा छन् ।” झापामा झण्डै पाँच हजार निर्माण व्यवसायी र २० हजारभन्दा बढी मजदूर रहेको अध्यक्ष राजवंशीको भनाइ छ ।

त्यस्तै सङ्घका सचिव श्याम बस्नेतले भूकम्प प्रतिरोधात्मक घर निर्माणका विषयमा सचेतना जगाउन सङ्घले भूकम्प सुरक्षा दिवसको अवसरमा विर्तामोडमा र्यालीसहितको कार्यक्रम आयोजना गरेको बताउनुभयो । साना निर्माणकर्मी सङ्घले भूकम्पको विषयमा निकालेको चेतनामूलक र्यालीले विर्तामोड बजार परिक्रमा गरेको थियो ।