१८ श्रावण २०८३, सोमबार
,
Latest
सुनकोसी दुर्घटना: खसेको कारमा सवार थिए ३ जना राष्ट्रिय सभाको शुन्य समयः महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउनेः प्रजिअ मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति



अ+ अ-

तेहरान। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार आफ्नो देश र संयुक्त राज्य अमेरिकाबीच हालै भएको आणविक वार्तालाई प्रगतिको लागि ‘एक कदम अगाडि’ भएको बताउनुभएको छ।

उहाँले शुक्रबार ओमानको राजधानी मस्कटमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको अप्रत्यक्ष वार्तालाई उजागर गर्दै एक्समा एक पोस्टमा यस्तो टिप्पणी गर्नुभएको हो ।

राष्ट्रपति पेजेश्कियानले पश्चिम एसिया क्षेत्रका ‘मित्रवत’ सरकारहरूको वार्ताका लागि प्रयासको परिणाम वार्ताको सम्भावना बढेको र वार्ता इरानले शान्तिपूर्ण रूपमा मुद्दाहरू समाधान गर्न रोजेको रणनीति भएको बताउनुभयो ।

यसैबीच, इरानको राजधानी तेहरानमा भएको राष्ट्रिय सम्मेलनमा बोल्दै शुक्रबारको वार्तामा देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले भन्नुभयो, “वार्तामा के हुनु पर्छ र के हुनु हुँदैन भनेर कसैले भन्न सक्दैन।”

उहाँले इरानले आणविक हतियारको पछि लाग्ने कुनै मनसाय नराखेको बताउँर्दै कुनै पनि प्रकारको दादागिरीलाई दृढतापूर्वक अस्वीकार गरिने बताउनुभयो ।

अराघचीले भन्नुभयो, “यदि उनीहरूले इरानी जनतासँग बलको भाषा प्रयोग गरे भने, हामी उनीहरूलाई उही भाषामा जवाफ दिनेछौं। यद्यपि, यदि उनीहरूले सम्मानको भाषा प्रयोग गरेर हामीसँग कुरा गरे भने, यसको प्रतिक्रिया उस्तै भाषामा दिइनेछ।”

शुक्रबारको वार्ता वाशिङ्गटन र तेहरानबीच बढ्दो क्षेत्रीय तनावको बीचमा आयोजित गरिएको थियो, जसमा मध्य पूर्वमा हालैको अमेरिकी सैन्य निर्माण र इरानको तीव्र तयारीहरू समावेश छन्।

वार्ता समाप्त भएपछि अराघचीले भन्नुभयो, “सामान्यतया, म भन्न सक्छु कि यो एक राम्रो सुरुवात थियो। यद्यपि प्रक्रियाको निरन्तरता दुई पक्षको राजधानीमा परामर्श र यसलाई कसरी जारी राख्ने भन्ने बारेमा उनीहरूको निर्णयमा निर्भर गर्दछ।(रासस/सिन्ह्वा)