११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ आजदेखि सुरु

अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ आजदेखि सुरु
अ अ+ अ-

चितवन। अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ आजदेखि यहाँ सुरु भएको छ । चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको संयुक्त आयोजनामा यहाँको चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो सुरु भएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु विकास सचिव डा दीपक खरालले कम लगानी गरेर निर्यात बढाउनेतर्फ केन्द्रित भई सरकारले काम गरिरहेको बताउनुभयो । प्रविधिको प्रयोगले लगानी घटाउने र निर्यात बढाउन सबै तहको उत्तिकै आवश्यकता रहेको उहाँको भनाइ थियो ।

सचिव डा खरालले भन्नुभयो, “सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले कृषि क्षेत्रमा लगानी बढाउन सके स्वरोजगार बढाउन सकिन्छ । अब दुग्ध क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्छ । त्यसले दुग्ध क्षेत्रमा लगानी गरेका किसानलाई आत्मनिर्भर बनाउँदै आर्थिक अवस्था सुदृढ गर्न सरकारले कार्यक्रम ल्याउने तयारी गरेको छ ।”

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति प्रा डा शारदा थपलिया, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादव, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवर, पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिव वैकुण्ठ अधिकारीलगायतले अनुसन्धानबाट प्राप्त उपलब्धिलाई प्रयोग गर्दै लागत घटाएर उत्पादन बढाउन आवश्यक रहेको बताउनुभयो ।

उद्योग सङ्घ चितवनका अध्यक्ष मदन घिमिरे र दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा सम्पन्न सुरु भएको उद्घाटन सत्रमा वक्ताहरू बजारीकरण र विविधिकरणमा समस्या भएकाले यसलाई समाधान गर्न आग्रह गर्नुभयो ।

प्रदर्शनीमा नेपाल र भारतसहितका १०० भन्दा बढी दुग्ध उत्पादन गर्ने सङ्घ संस्थाका स्टल रहेका छन् । प्रदर्शनीमा ५० हजार दर्शकले अवलोकन गर्ने र रु सात करोडको कारोबार हुने अनुमान गरिएको छ । प्रदर्शनी माघ २९ गतेसम्म सञ्चालन हुने छ ।