१८ श्रावण २०८३, सोमबार
,
Latest
शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै



अ+ अ-

काठमाडौँ। “यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो । तपाईँहरुले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य रु एक हजार मात्र”, सुदूरपश्चिमका दीपक राउटेले भन्नुभयो ।

राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आजदेखि सुरु गरेको आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा राउटेहरुले आफूले बनाएका भाँडा बिक्रीका लागि राख्नुभएको छ । उहाँहरुको चाहना धेरैभन्दा धेरै भाँडा बिक्री भए हुन्थ्यो तर उहाँसँग भाँडा किन्नेहरुभन्दा पनि उहाँहरुसँगै बसेर फोटो खिचाउनेको भीड बढी थियो ।

आगन्तुकहरु तपाईँ कहाँको राउटे ?, तपाईँको नाम के हो ? तपार्इँले लगाउने लुगा केले बनेको हो ? यस्तै अनौठा प्रश्नहरु सोध्दै थिए ।

सम्मेलनमा सुदूरपश्चिमका चार जना राउटेहरुले ७० वटा कोशी (काठको भाँडो) बिक्री गर्नका लागि ल्याएको दीपकले बताउनुभयो ।

दीपक यसअघि पनि काठमाडौँ सहर आइसक्नुभएको छ । उहाँले सुदूरपश्चिममा भाँडा बनाएर गाउँमा चामल, मकै र धानको साटो बेच्नुहुन्छ । तर, काठमाडाँैमा धान र मकै बोकेर फेरि घरसम्म पुग्न सास्ती हुने हुँदा भाँडा बेचेको सट्टा रुपैयाँ नै दिए हुन्थ्यो भन्ने आशा दीपकको रहेको छ ।

उहाँका अनुसार राउटे परम्पराअनुसार रुपैयाँ छुनुहुँदैन भन्ने मान्यता छ । “सहरमा भने रुपैयाँ न लिई सम्भवन नहुने रहेछ”, दीपक भन्नुहुन्छ, “अब पैसा न छोए कसरी बाँचिन्छ ?” दीपकले जङ्गलमा बस्ने राउटेले सहरीया जीवनसँग अलिकता आत्तिने गरेको अनुभव सुनाउनुभयो ।

यहाँको भीडभाड, अनि कोलाहलदेखि आफ्नो समुदायका मान्छे घुलमिल हुन निकै कठिन भएको बताउनुभयो । उहाँले सहरमा घुमेको अनुभव सुनाउँदै भन्नुभयो, “सहरका मान्छे धेरै बोल्छ । हामीलाई झर्को लाग्छ ।”

सम्मेलनमा राउटे समुदायलगायत विभिन्न जनजाति समुदायको कला संस्कृति, परिकार, रहनसहन र खानपान झल्किने जीवनशैलीसमेत प्रदर्शनमा राखिएको छ । जसमा संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठन (एफएओ) नेपालले परम्परागत खाद्यको प्रवद्र्धन गर्न खाद्य प्रदर्शन गरेको थियो । कोदो, फापर, मकै, गहुँजस्ता अन्नबालीको नमूना प्रदर्शनमा राखेर स्वस्थ्यवद्र्धक र पौष्टिक आहार खानपान गर्ने सन्देश दिन खोजिएको एफएओ नेपालका कार्यक्रम प्रमुख मधुकुमार विश्वकर्माले बताउनुभयो । रासस