१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांश मतदाता मुलुकमा राजा नभई हुँदैन भन्ने पक्षमा छन्ः कमल थापा



अ+ अ-

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ  नेता कमल थापाले अधिकांश मतदाताले देशमा राजा नभई नहुने बताउने गरेको दावी गर्नु भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ का राप्रपाका उम्मेदवार समेत रहनुभएका उहाँले आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सो जिकिर गर्नुभएको हो । बुढापाकाहरु भन्दा पनि बढी युवाहरुले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको चाहना राखेको समेत वरिष्ठ नेता थापाको भनाई थियो ।

उहाँले भ्रष्ट नेता र भ्रष्ट पार्टीलाई मतदान नगर्नका लागि आम मतदातालाई अपिल गर्न पनि पार्टीको सिंगो पंक्तिलाई अपिल गर्नु भयो । जनताको घरघरमा पुगेर भ्रष्टाचारको अन्त्यका लागि आफूहरुलाई मत दिन आग्रह गर्न आवश्यक रहेको वरिष्ठ नेता थापाले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जहाँ हामी भोट माग्न गएका छौ । अधिकांशले हामी हिन्दु राष्ट्र चाहन्छौँ भन्छन् । अधिकांंशले अब राजा नभई हुँदैन भन्छन । केवल बुढापाकाले मात्रै होइन, हिन्दु राष्ट्र र राजसंस्थाको चाहना अहिले सबैभन्दा बढि युवाहरुले खोजिराखेका छन् । अब हामीले मेहनत गर्नुपर्छ । घरघरमा पुग्नुपर्दछ । एक पटक हामीले जनतालाई घच्घच्याउनु पर्दछ । मैले ठाउँठाउँमा भनेको छु–तपाईहरुले पनि त्यही कुरा भन्नुहोस कि युवाहरुको आन्दोलन भ्रष्टचारको अन्त्यका लागि हो । बेथितिको अन्त्य हो । हामी रातदिन भ्रष्टाचारको विरोध गर्दछौँ । २४ घण्टानै भ्रष्टाचार भएको गुनासो गर्दछौँ । तर चुनावको बेला यी सबै कुरा बिर्सेर त्यही भ्रष्ट, भ्रष्ट दललाई नै भोट हाल्ने काम गर्दछौ । त्यसकारणले गर्दा यस पटक कमसेकम यो चुनावमा भ्रष्ट नेता र देशमा भ्रष्टाचारको महारोग भित्र्याउने पार्टीलाई भोट हाल्दैनौ भन्ने संकल्प गराऔँ । हामीले जनतालाई यही भनिराखेका छौँ । जनताले पनि सकारात्मक रेसपोन्स गरिरहेका छन् ।’

वरिष्ठ नेता थापाले यथास्थितिमा मुलुक अघि बढ्न नसक्ने भएकाले पनि आसन्न निर्वाचनमा राप्रपा विजयी हुनुको विकल्प नरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल