११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नेपालमा राजसंस्था अति आवश्यक भइसक्योः रविन्द्र मिश्र

नेपालमा राजसंस्था अति आवश्यक भइसक्योः रविन्द्र मिश्र
अ अ+ अ-

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले नेपालमा राजसंस्था अतिआवश्यक भईसकेको दाबी गर्नुभएको छ ।

आईतवार काठमाडौंका पार्टीको उम्मेदवारहरुको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नु भएको हो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति, पार्टी, गुट, व्यक्ति सबैलाई छहारी दिएर देशलाई अघि बढाउन मुलुकमा राजसंस्था छहारी अतिआवश्यक भएको पार्टीको अडान राख्नुभयो । उहाँले राप्रपाले मुलुकलाई राजसंस्थासहितको शासन व्यवस्था चाहिन्छ भनेर नयाँ समझदारीमा मुलुकलाई लैजानुपर्ने धारणा राख्दै आएको र त्यसमा सहमत भएर आम मतदाताले आफ्नो पार्टीलाई मतदान गर्नुको विकल्प नरहेको समेत बताउनु भयो । वरिष्ठ उपाध्यक्ष मिश्रले राप्रपालाई मत नदिए मुलुक फेरि पनि संकटबाट मुक्त हुने अवस्था नआउने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अब राप्रपाले भन्दै आएको नविन समझदारीमा देशलाई लैजानै पर्छ । देशमा विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, राजनीतिक पार्टीहरु, राजनीतिक गुटहरु, व्यक्तिहरु सबैभन्दा माथि एउटा राजसंस्थाको छहारी नेपालको लागि अति आवश्यक भयो । यो हाम्रो पुस्ता भन्दा पनि हामीमाथि  मुनिको पुस्ताका लागि अतिआवश्यक भयो । किनभने उनीहरुले देशमा हाम्रो भन्दा धेरै लामो समय बिताउनुछ । उनीहरुको सन्तान, दरसन्तानले यो देशमा लामो समय बिताउनुछ । अव यी विषयहरुलाई मनन गरेर नेपाली आम मतदाताले यो पटक भोट दिने हो भने राप्रपा बाहेक, हलो बाहेक अर्को पार्टी हुनै सक्दैन । अब फेरि त्यसलाई मनन नगरी भोट दिनु भयो भने यो साईकल यसै गरी चलिरहन्छ । हरेक चुनावमा मतदाता उत्साहित हुने तर कहिल्यै समस्याको समाधान नहुने स्थिति कायमै रहन्छ । त्यो समस्याको समाधानको दिशामा हामी जानुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले नेपालमा राजसंस्थाको आलोचना गर्ने नेताहरुमा पनि मौनता देख्न थालिएको टिप्पणी समेत गर्नुभयो ।