• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ★   अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने ★   राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए ★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

नयाँ सभामुख चयनमा सकस, ओली र दाहालबीच जुट्नै सकेन सहमति



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख पदको उम्मेदवार टुंगो लगाउन सकस परिरहेको बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा उम्मेदवार टुंगो लगाउने विषयमा दुई अध्यक्षबीच छलफल भएको हो ।

विगत लामो समयदेखि नेकपा अध्यक्षद्वय ओली र दाहालले सभामुख उम्मेदवार टुंगो लगाउन छलफल गरेपनि सहमति जुटन सकेको छैन । अध्यक्षद्वयबीच बिहीबार भएको छलफलमा समेत केही सहमति जुट्न सकेन । अध्यक्षद्वय ओली र दाहाल आ–आफ्नै अडानमा रहेका कारण सहमति जुटन सकेको छैन । नेकपाबाट सभामुखको उम्मेदवार बन्न स्थायी कमिटीका सदस्यहरू सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा र पम्पा भुसालले दाबी गर्दै आएका छन् । यस्तै, उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले समेत सभामुख हुन लबिङ गर्दै छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी उपसभामुख तुम्बाहाङ्फे, ओली नेम्वाङ, दाहाल सापकोटा, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भुसाललाई सभामुख बनाउनुपर्ने रणनीतिमा लागेका छन् । यता, नेकपा सचिवालय बैठकबाट भएको निर्णयानुसार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन मानेकी छैनन् । उनी नमानेपछि संसद् बैठक पटक–पटक सूचना जारी गर्दै स्थगित हुँदै आएको छ । संविधानअनुसार पाएको अधिकार प्रयोग गर्दै संघीय संसद्को प्रतिनिधिसभा बैठक जसरी पनि अगाडि बढाउने बताएकी उपभामुख डा. तुम्बाहाङ्फेले अन्ततः आफैंले बैठक स्थगित गर्दै आएकी छन् ।

गत ४ पुसदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११, १६ र २७ पुसमा बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । ६ माघमा संसद् बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको व्यक्ति हुनुपर्छ । झन्डै दुई तिहाइ बहुमतसहितको नेकपाले सभामुख छोड्न चाहेको छैन । तर, नेकपाबाटै उपसभामुख भएकी तुम्बाहाङ्फेले राजीनामा नदिई निर्वाचन प्रक्रिया अगाडि बढ्यो भने नेकपाले सभामुख पदमा उम्मेदवारी दर्ता गर्न पाउनेछैन । राजधानी दैनिकबाट