११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

धादिङको थाक्रेमा यात्रुबस दुर्घटना, एक जनाको मृत्यु

धादिङको थाक्रेमा यात्रुबस दुर्घटना, एक जनाको मृत्यु
अ अ+ अ-

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको थाक्रे गाउँपालिका–६ दसकिला क्षेत्रमा दुई वटा यात्रुबाहक बस एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

आज बिहान करिब ७ बजेतिर दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश नं। ३-०१-००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढी जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२०८ नम्बरको डिलक्स बस एक आपसमा ठक्कर खाएका हुन्।

ठक्करपछि बस सडकछेउमा रहेको चिया पसलतर्फ जाँदा त्यहाँ चिया खाइरहेका एक ट्रक चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम हालसम्म खुल्न सकेको छैन।

दुर्घटनामा चिया पसलका घरधनी अन्दाजी ५०/५१ वर्षका राजु थापा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी महादेवबेशीबाट प्रहरी नायब निरीक्षक विष्णु नेपालीको कमान्डमा १र५ नफ्री तथा इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको टोलीले उद्धार तथा व्यवस्थापन कार्य गरेको थियो। दुर्घटनापछि अवरुद्ध भएको एकतर्फी राजमार्ग बिहान ८ बजेदेखि पुन: सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।