११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

युक्रेन र रुसलाई जुनसम्ममा युद्ध अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ

युक्रेन र रुसलाई जुनसम्ममा युद्ध अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
भोलोदिमिर जेलेन्स्की/ फाइल फोटो
अ अ+ अ-

किएभ। युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन महिनासम्ममा अन्त्य गरून् भन्ने संयुक्त राज्य अमेरिकाले चाहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ। उहाँले र अर्को हप्ता फ्लोरिडामा दुई पक्षबीच वार्ता आयोजना गर्ने अमेरिकाले प्रस्ताव गरेको पनि बताउनुभयो ।

दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक युद्ध अन्त्य गर्न अमेरिकी नेतृत्वको प्रयासले हालैका हप्ताहरूमा गति लिएको छ, तर मस्को र किएभबीच क्षेत्रको मुख्य मुद्दालाई लिएर मतभेद जारी छ ।

आफ्नो छिमेकी देशको करिब २० प्रतिशत भूभाग ओगटेको रुसले कुनै पनि सम्झौताको एक हिस्साको रूपमा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा पूर्ण नियन्त्रणका लागि दबाब दिइरहेको छ र वार्ता असफल भएमा बलपूर्वक कब्जा गर्ने धम्की दिएको छ।

यद्यपि, युक्रेनले जमिन छोड्दा मस्कोलाई हौसला मिल्नेछ र त्यसैले उसले रूसलाई फेरि आक्रमण गर्नबाट रोक्न असफल हुने सम्झौतामा हस्ताक्षर नगर्ने बताउँदै आएको छ ।

जेलेन्स्कीले शनिबार बिहान सार्वजनिक गरिएको टिप्पणीमा पत्रकारहरूसँग भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले पहिलो पटक युक्रेन र रुस वार्ता गर्ने दुई टोलीहरू संयुक्त राज्य अमेरिकाको सम्भवतः मियामीमा भेट्ने प्रस्ताव गरेको छ।

“उनीहरू जुनसम्म सबै काम गर्न चाहन्छन्,“ उहाँले थप्नुभयो । अमेरिकाले जनवरीदेखि अबुधाबीमा दुई पक्षबीच दुई चरणको वार्ताको मध्यस्थता गरेको छ, जसमा धेरै कैँदी आदानप्रदानको मध्यस्थता गरिएको छ, तर वार्ताले विवादास्पद भूमिको बिषयमा कुनै सफलता हासिल गर्न असफल भएको छ।

मस्को र किएभ दुवैले वार्ता कठिन भएको बताएका छन् । जेलेन्स्कीले बारम्बार रूसको तुलनामा असङ्गत सम्झौता गर्न युक्रेनलाई दवाव दिइएको भन्दै वार्ताबाट निकाश निस्कने बिषयमा निराशा व्यक्त गर्दै आउनुभएको छ ।

युक्रेनले हालको द्वन्द्वग्रस्त अग्रपङ्तीमा द्वन्द्व रोक्ने प्रस्ताव गरेको छ। रुसले यसलाई अस्वीकार गरेको छ र वाशिङ्गटनले यसको सट्टा डोनेट्स्क क्षेत्रमा हाल नियन्त्रण गरेको भूमिलाई ‘स्वतन्त्र आर्थिक क्षेत्र’ मा रूपान्तरण गर्न किएभलाई दबाब दिएको छ जहाँ कुनै पनि पक्षको सैन्य नियन्त्रण छैन।

जेलेन्स्कीले भन्नुभयो, “यदि हामी स्वतन्त्र आर्थिक क्षेत्र निर्माणको पक्षमा आइपुग्यौँ भने पनि हामीलाई निष्पक्ष र भरपर्दो नियमको आवश्यकता पर्नेछ ।”

जेलेन्स्कीले रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको नियन्त्रणको विषयमा पनि दुवै पक्षबीच ‘साझा समझदारी’ हुन नसकेको बताउनुभएको छ।

द्वन्द्वको सुरुवातमा रुसी सेनाले युरोपको सबैभन्दा ठूलो प्लान्ट कब्जा गरेको थियो र त्यसयता यसलाई नियन्त्रणमा राखेको छ।

“रुस र अमेरिकाले युक्रेनको बिषयमा उसको सहभागिताबिना गरेको सम्झौता किएभका लागि सह्य हुने छैन,” जेलेन्स्कीले भन्नुभयो। (रासस/एएफपी)