११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

ट्रम्पको ‘शान्ति समिति’ को उद्घाटन बैठकमा सहभागी हुन हङ्गेरीका प्रधानमन्त्री वासिङ्टन जाने

ट्रम्पको ‘शान्ति समिति’ को उद्घाटन बैठकमा सहभागी हुन हङ्गेरीका प्रधानमन्त्री वासिङ्टन जाने
अ अ+ अ-

हङ्गेरी। हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति समिति (बोर्ड अफ पिस) को पहिलो बैठकमा भाग लिन आफू दुई सातापछि वासिङ्टन जाने बताउनुभएको छ।

मूल रूपमा गाजाको पुनर्निर्माणको निरीक्षण गर्ने उद्देश्य राखिएका बोर्डको निर्देशिकाले आफ्नो भूमिकालाई प्यालेस्टाइन क्षेत्रमा सीमित गरेको देखिँदैन र संयुक्त राष्ट्रसङ्घसँग प्रतिस्पर्धा गर्न चाहेको जस्तो देखिन्छ ।

युरोपेली युनियनमा अमेरिकी नेताका नजिकका सहयोगीमध्येका एक नेता ओर्बानले गत महिना डाभोसको स्विस स्की रिसोर्टमा उक्त पहलको सुरुवातमा भाग लिनुभएको थियो ।

“अबको दुई हप्तापछि हामी वाशिङ्गटनमा फेरि भेट्नेछौं, किनकि त्यहाँ ‘बोर्ड अफ पिस’को उद्घाटन बैठक हुनेछ,” उहाँले पश्चिमी शहर सोम्बाथलीमा एक चुनावी कार्यक्रममा भन्नुभयो ।

‘बोर्ड अफ पिस’को स्थायी सदस्यहरूले यसमा सदस्यता प्राप्त गर्न एक अर्ब डलर तिर्नु पर्छ, जसले बोर्ड संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को ‘पे टु प्ले’ संस्करण बन्न सक्छ भनेर आलोचना भइरहेको छ।

युरोपेली सङ्घमा सबैभन्दा लामो समयसम्म राष्ट्रिय नेता रहेका ओर्बानले अप्रिल १२ मा हुने आम निर्वाचनमा अभूतपूर्व चुनौतीको सामना गर्नुपर्नेछ ।

स्वतन्त्र सर्वेक्षणहरूले पूर्व सरकारका भित्री व्यक्तिबाट आलोचक बनेका पिटर मग्यारको नेतृत्वमा विपक्षीहरू स्थिर अर्थतन्त्र र सार्वजनिक सेवाहरूप्रति बढ्दो असन्तुष्टिको साथ अगाडि रहेको देखाएका छन्।(रासस/एएफपी)