१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंको पक्राउप्रति राप्रपाको आपत्ति, बिना शर्त रिहाइको माग



अ+ अ-

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई बारम्बार दुःख दिने, फरक विचारलाई निरुत्साहित र दबाउने नियतबाट पटक–पटक पक्राउ गरिएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा राज्यले एक व्यक्तिमाथि प्रतिशोध साध्नु अनुचित मात्र नभई नागरिकले स्वतन्त्र रूपमा हिँड्न, डुल्न, बोल्न, लेख्न तथा शान्तिपूर्ण विरोध गर्न पाउने संविधानप्रदत्त अधिकारलाई कुण्ठित गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा दुर्गा प्रसाईंलाई बिना शर्त अविलम्ब रिहा गर्न सरकारसँग माग गरिएको छ। साथै, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ।

राप्रपाले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने यस्ता गतिविधि तत्काल रोक्नुपर्ने भन्दै कानुनी शासन र मानवअधिकारको संरक्षणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिएको छ।