११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अभिनेता सुनिल थापाको निधन, नेपाली चलचित्र उद्योग शोकमा

अभिनेता सुनिल थापाको निधन, नेपाली चलचित्र उद्योग शोकमा
अ अ+ अ-

काठमाडौँ। वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ ।

हृदयाघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाकाअनुसार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई नर्भिक अस्पताल लगिएको थियो ।

शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आउनुर्भको थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुहुन्थ्यो । उहाँ हाल नेपाली चलचित्र राम नाम सत्यको छायाँकनमा व्यस्त हुनुहुन्थ्यो ।

नेपाली चलचित्रमा ‘खलनायक’ भुमिकालाई नायक सरहको चर्चा र सम्मान दिलाउन सफल उहाँ ‘राते काइँला’ नामले विशेष रूपमा परिचित हुनुहुन्थ्यो ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापा मिलनसार, अनुशासित र सबैलाई सम्मान गर्ने स्थापित कलाकार भएको बताउनु भयो । नेपालको चलचित्र क्षेत्रमा उहाँको योगदान उल्लेखनीय रहेको अध्यक्ष निरौलाले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँ मिलनसार, सबैलाई ईज्जत गर्ने र अनुशासनमा बस्ने कलाकार हुनुहुन्थ्यो । एउटा असल व्यक्तित्व हुुनुहुन्थ्यो, नेपालका लागी स्थापित कलाकार ।’

निर्देशक तथा अभिनेता प्रशान्त ताम्राकारले थापाको निधनले नेपाली चलचित्र उद्योगलाई ठूलो क्षति पुगेको बताउनु भयो । उहाँले आफ्नो चलचित्र यात्रामा सुनिल थापाको ठूलो सहयोग र योगदान रहेको बताउनु भयो ।

उहाँले शुक्रवार मात्रै थापासँगै आफूले रामनाम सत्य नामक चलचित्रको छायाँकन गरेको बताउनु भयो । उक्त चलचित्रको बाँकी कामको लागि दैलेख जाने योजना भएपनि अब अधरो रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो चलचित्र उद्योगमा हुनु नै सुनिल दाईको ठुलो देन छ । उहाँको सहयोग नभएको भए म यो उद्योगमा हुने नै थिईन होला ।’
निर्माता दीपक कोईरालाले थापालाई आफ्ना अभिभावकसरह व्यक्तित्वका रूपमा स्मरण गर्नुहुँदै उहाँको निधनले आफूलाई गहिरो पीडा पुगेको बताउनु भयो । स्वर्गिय थापाले आफूलाई धेरै सहयोग र मार्गनिर्देशन गर्ने गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘मेरो त उहाँ अभिभावन नै हो ।’ थापाका परिवारका सदस्यहरू भारतको मुम्बईमा बसोवास गर्दै आएका छन् । थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

परिवारका सदस्य काठमाडौं आएपछि अन्तिम संस्कार गर्ने जनाईएको छ । हाल नर्भिक अस्पतालमा कलाकारहरुको बाक्लो उपस्थिति रहेको छ ।

बरिष्ठ कलाकार नीर शाह, निर्माता तुलसी घिमिरे, कलाकार विल्सनविक्रम राई लगायतका कलाकारहरु थापाको निधनको खबरपछि नर्भिक अस्पताल पुग्नुभएको हो । – न्युज एजेन्सी नेपाल