५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

कछुवाको गतिमा पुनर्निर्माण हुँदै ‘पशुपतिनाथ’

कछुवाको गतिमा पुनर्निर्माण हुँदै ‘पशुपतिनाथ’
अ+ अ-

काठमाडौं । विश्वसम्पदामा सूचीकृत पशुपतिनाथ परिसरको पुनर्निर्माण कछुवाको गतिमा अगाडि बढेको छ । पशुपति क्षेत्र विकास कोषले भूकम्पछिको पुनर्निर्माणमा चासो नदिएकाले पुननिर्माणले गति लिन नसकेको हो । ०७२ को बिनासकारी भूकम्पमा ३२ जिल्लाका ८ सय ११ वटा सम्पदामा क्षति पुगेको थियो । ती मध्ये ३ सय ८७ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको अवस्था छ । यता पशुपतिनाथ क्षेत्रमा भने पुनर्निर्माणको अबस्था दयनिय बन्दै गएको छ । कोषले आर्थिक वर्ष ०७८/७९ सम्म पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखे पनि पुनर्निर्माणले भने गति लिन सकेको छैन ।

सो भूकम्पमा पशुपतिनाथ क्षेत्रका ५९ वटा सम्पदा ध्वस्त भएका थिए । तीमध्ये २५ वटा मात्रै पुनर्निर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले बताएका छन् । साना र तत्काल सम्पन्न गर्न सक्नेको निर्माण सम्पन्न भइसके पनि अलि ठूला मन्दिरको पुनर्निर्माण हुनसकेको कोषले दाबी छ । यही गतिमा पुनर्निर्माण अगाडि बढाउने हो भने अबको १० वर्ष लाग्ने देखिन्छ । जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गरेकी छन् ।

पूर्वाधारको तयारी कम गरे पनि सरकारले लक्ष्य भने महत्वाकांक्षी राखेको छ । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजनासमेत अगाडि सारेको छ । विश्वसम्पदा जोड्ने पदमार्ग निर्धारण गरिएको छ । गतवर्षदेखि नै सो कार्यलाई तीव्रता दिइएको थियो । तर, विश्वसम्पदाको पुनर्निर्माणतर्फ भने सरकारले ध्यान दिन सकेको छैन । विश्वसम्पदाको पनि विषेशगरी पशुपति क्षेत्रमा प्रगति देखिँदैन । नेपाल, उपत्यका भित्रने अधिकांश पर्यटकहरू पशुपतिक्षेत्र पुग्ने गर्दछन् ।

यता पशुपति क्षेत्रमा भने पाँचवर्ष अगाडि ढलेका सम्पदानै पुनर्निर्माणको आसमा रहेका छन् । पुनर्निर्माणको गतिले पर्यटक लोभ्याउने अवस्था भने छैन । एकातिर ढलेका सम्पदा उठ्न सकेका छैनन् भने अर्कातिर क्रंक्रिड ढलान देख्न सकिन्छ । यसरी भूकम्पमा ढलेका सम्पदा उठाउन कोषले तत्परता नदेखाएको प्रस्ट हुन्छ । कोषमा प्राविधिक जनशक्ति पर्याप्त नभएको र पुरातत्व विभागबाट स्मारक पुनर्निर्माणको डिजाइन स्वीकृतिमा ढिलाइ भएका कारण काम ढिलो भएको कोषको भनाइ छ ।

राजेश्वरी श्राद्ध पाटी, गौरीघाट चौघेरा सत्तल, बज्रेश्वरी सत्तल, जयबागेश्वरी मन्दिर र महास्नान घरको पुनर्निर्माण गर्न पाँच वटा दातासँग सम्झौता गरे पनि अझै निर्माण सुरु हुन सकेको छैन ।भूकम्पपश्चात् वनकाली धर्मशाला जीर्ण भएकाले हालसम्म सञ्चालनमा आएको छैन । महास्नान घर र मृगस्थली क्षेत्रमा रहेका विश्वरूप मन्दिरको भग्नावशेषसमेत अझै हटाइएको छैन । काठ र मूर्ति यत्रतत्र छरिएका छन् भने आधा भाग भाँचिएको छ ।

मूर्तिको रङरोगन उडेको र संरक्षण नभएको देखिन्छ । पुरातत्व विभाग, युनेस्को र कोषको निकायगत समन्वय अभावका कारण भग्नावशेष व्यवस्थापन हुन नसकेको महालेखाको प्रतिवेदनमा समेत उल्लेख गरेको थियो । सौर्य दैनिकबाट