• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   गुणराज: मुवा थाईको विश्वविजेताको कथा ★   अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ★   अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने ★   राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए ★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

कछुवाको गतिमा पुनर्निर्माण हुँदै ‘पशुपतिनाथ’



काठमाडौं । विश्वसम्पदामा सूचीकृत पशुपतिनाथ परिसरको पुनर्निर्माण कछुवाको गतिमा अगाडि बढेको छ । पशुपति क्षेत्र विकास कोषले भूकम्पछिको पुनर्निर्माणमा चासो नदिएकाले पुननिर्माणले गति लिन नसकेको हो । ०७२ को बिनासकारी भूकम्पमा ३२ जिल्लाका ८ सय ११ वटा सम्पदामा क्षति पुगेको थियो । ती मध्ये ३ सय ८७ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको अवस्था छ । यता पशुपतिनाथ क्षेत्रमा भने पुनर्निर्माणको अबस्था दयनिय बन्दै गएको छ । कोषले आर्थिक वर्ष ०७८/७९ सम्म पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखे पनि पुनर्निर्माणले भने गति लिन सकेको छैन ।

सो भूकम्पमा पशुपतिनाथ क्षेत्रका ५९ वटा सम्पदा ध्वस्त भएका थिए । तीमध्ये २५ वटा मात्रै पुनर्निर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले बताएका छन् । साना र तत्काल सम्पन्न गर्न सक्नेको निर्माण सम्पन्न भइसके पनि अलि ठूला मन्दिरको पुनर्निर्माण हुनसकेको कोषले दाबी छ । यही गतिमा पुनर्निर्माण अगाडि बढाउने हो भने अबको १० वर्ष लाग्ने देखिन्छ । जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गरेकी छन् ।

पूर्वाधारको तयारी कम गरे पनि सरकारले लक्ष्य भने महत्वाकांक्षी राखेको छ । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजनासमेत अगाडि सारेको छ । विश्वसम्पदा जोड्ने पदमार्ग निर्धारण गरिएको छ । गतवर्षदेखि नै सो कार्यलाई तीव्रता दिइएको थियो । तर, विश्वसम्पदाको पुनर्निर्माणतर्फ भने सरकारले ध्यान दिन सकेको छैन । विश्वसम्पदाको पनि विषेशगरी पशुपति क्षेत्रमा प्रगति देखिँदैन । नेपाल, उपत्यका भित्रने अधिकांश पर्यटकहरू पशुपतिक्षेत्र पुग्ने गर्दछन् ।

यता पशुपति क्षेत्रमा भने पाँचवर्ष अगाडि ढलेका सम्पदानै पुनर्निर्माणको आसमा रहेका छन् । पुनर्निर्माणको गतिले पर्यटक लोभ्याउने अवस्था भने छैन । एकातिर ढलेका सम्पदा उठ्न सकेका छैनन् भने अर्कातिर क्रंक्रिड ढलान देख्न सकिन्छ । यसरी भूकम्पमा ढलेका सम्पदा उठाउन कोषले तत्परता नदेखाएको प्रस्ट हुन्छ । कोषमा प्राविधिक जनशक्ति पर्याप्त नभएको र पुरातत्व विभागबाट स्मारक पुनर्निर्माणको डिजाइन स्वीकृतिमा ढिलाइ भएका कारण काम ढिलो भएको कोषको भनाइ छ ।

राजेश्वरी श्राद्ध पाटी, गौरीघाट चौघेरा सत्तल, बज्रेश्वरी सत्तल, जयबागेश्वरी मन्दिर र महास्नान घरको पुनर्निर्माण गर्न पाँच वटा दातासँग सम्झौता गरे पनि अझै निर्माण सुरु हुन सकेको छैन ।भूकम्पपश्चात् वनकाली धर्मशाला जीर्ण भएकाले हालसम्म सञ्चालनमा आएको छैन । महास्नान घर र मृगस्थली क्षेत्रमा रहेका विश्वरूप मन्दिरको भग्नावशेषसमेत अझै हटाइएको छैन । काठ र मूर्ति यत्रतत्र छरिएका छन् भने आधा भाग भाँचिएको छ ।

मूर्तिको रङरोगन उडेको र संरक्षण नभएको देखिन्छ । पुरातत्व विभाग, युनेस्को र कोषको निकायगत समन्वय अभावका कारण भग्नावशेष व्यवस्थापन हुन नसकेको महालेखाको प्रतिवेदनमा समेत उल्लेख गरेको थियो । सौर्य दैनिकबाट