२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश



अ+ अ-

सुनसरी। धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा झापा–११, झापा क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

आज धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ झापाले रोयल थिम्पु फुटबल क्लब, भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३५औँ मिनेटमा झापा ११ का सुनिल खड्काले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको १८औँ मिनेटमा राजेश दाहालले अर्को गोल थप्दै झापाको जित सुनिश्चित गरे ।

खेलमा झापा ११ का राजेश दाहाल ‘म्यान अफ द म्याच’ घोषित हुँदै उनले नगद रु १० हजार पुरस्कार प्राप्त गरे । शनिबारको खेल प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँ र साविक विजेता न्यूरोड टिम (एनआरटी), काठमाडौँबीच प्रतिस्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने छ । अध्यक्ष तामाङका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई रु १० हजार प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।

यस वर्षको प्रतियोगितामा एनआरटी क्लब (काठमाडौँ), चर्च ब्वाइज युनाइटेड क्लब (काठमाडौँ), नेपाल पुलिस क्लब (काठमाडौँ), रोयल थिम्फु क्लब (भुटान), जर्जियनक्लब (भारत), एलए क्लब (पोखरा), सातदोबाटो युथ क्लब (ललितपुर), प्लानिङ ब्वाइज युनाइटेड क्लब (काठमाडौँ), झापा (११ झापा र धरान फुटबल क्लब गरी १० वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

गतवर्ष प्रतियोगिताको उपाधि एनआरटी क्लब काठमाडौँले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब उपविजेता बनेको थियो । रासस