२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढिस्कोले पुरिएर एनसेलका कर्मचारीको मृत्यु



अ+ अ-

झापा। शिवसताक्षी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर आज एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिरहा लहान बस्ने ३५ वर्षीय रमेशकुमार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उहाँ एनसेलका कर्मचारी हुनुहुन्छ । शिवसताक्षी–११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलको फाईवर जडान गर्नलाई बनाएको जमिन मुनिको खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा माटोको ढिस्को भत्किएर उहाँलाई पुरेको थियो ।

घाइते यादवलाई स्थानीयको सहयोगमा दमकस्थित दमक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो । रासस