९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

विचार र सिद्धान्तका आधारमा नेकपा नै नयाँ पार्टी हो : संयोजक दाहाल



अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले विचार र सिद्धान्तका आधारमा नेकपा नै नयाँ पार्टी भएको दाबी गर्नुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी सल्यान सम्पर्क समितिले आज यहाँ आयोजना गरेको निर्वाचन परामर्श कार्यक्रममा उहाँले नयाँ र पुरानाको निधो विचार, एजेन्डा र सङ्घर्षले गर्ने बताउनुभयो ।

“गणतन्त्रभन्दा नयाँ विचार कसैले ल्याएको छ ? आजको सबैभन्दा नयाँ विचार गणतन्त्र हो । त्यसको नेतृत्व नेकपाले गरेको हो । महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम र उत्पीडित वर्ग र समुदायलाई पहिचान र अधिकार दिनेभन्दा नयाँ नारा कसैले ल्याएको छ ?”, संयोजक दाहालले भन्नुभयो ।

संयोजक दाहालले नयाँ दल भन्नेले जनतासामु पार्टीको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ आन्दोलन र मुद्दाको नेतृत्व गर्ने पार्टीलाई पुरानो भनेर लगाइएको आरोप नै गलत भएको बताउनुभयो ।

नेकपाका नेता प्रकाश ज्वालाले भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, रोजगारी सृजना र समृद्धिमार्फत समाजवादको यात्रातर्फ आफ्नो पार्टी अघि बढिरहेको बताउनुभयो । नेकपा सल्यान निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रमेश मल्लले जनता र पार्टीको शिर निहुरिन नदिने गरी आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस