११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ
अ अ+ अ-

कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका २१ वर्षीय अर्जुनकुमार प्रजापति, वडा नं ७ का २२ वर्षीया ललितासिंह ठकुरी, नरहरिनाथ गाउँपालिका–९ कालीकोटका १८ वर्षीय रमेश रावल र ठाकुरबाबा नगरपालिका–७ बर्दियाका २२ वर्षीया अर्जुन बुढा रहेका छन् ।

पक्राउ परेका आरोपितहरूको साथबाट एक ग्राम ५६० मिलीग्राम लागुऔषध नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताए।

उहाँले भन्नुभयो, “स्थानीयले वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाामा प्रहरीले चलाएको विशेष अप्रेसनका क्रममा उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारिएको थियो ।

खानतलासी गर्दा लागुऔषध नै भेटियो ।” उनीहरूका साथबाट नाइट्राजेपाम ३१ ट्याब्लेट फेलापरेको बताउँदै प्रहरीले पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

त्यसैगरी, जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त नौगाड गाउँपालिका–२ का २७ वर्षीय भूपेन्द्रसिंह ठगुन्नालाई काठमाडौँ जिल्ला वडा एरियामा लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरी सुर्खेत प्रहरीमा ल्याई उक्त मुद्दामा ठगुन्नालाई अनुसन्धान थालिएको जनाइएको छ । रासस