५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार बङ्गलादेश र भारत भिड्दै



अ+ अ-

कास्की। पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार बङ्गलादेश र भारत भिड्दैछन् ।

पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा दिउँसो २ः०० बजे यी दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यही माघ १७ गतेदेखि ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा साविक विजेतासमेत रहेको बङ्गलादेशले लिगका तीनवटै खेल जितेर नौ अङ्कसहित शीर्षस्थानमा रहेर फाइनल प्रवेश गरेको हो । भारतले दुई जित र एक हारसहित छ अङ्कसहित लिगको उपविजेता बनेर फाइनलमा पुगेको हो ।

बङ्गलादेशले पहिलो खेलमा भुटानलाई १२–०, दोस्रो खेलमा भारतलाई २–० र अन्तिम खेलमा घरेलु टोली नेपाललाई ४–० गोलले पराजित गरेको थियो । भारतले पहिलो खेलमा नेपाललाई १–० गोलले हराउँदा दोस्रो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भयो भने अन्तिम खेलमा भुटानलाई ८–० ले पराजित गरेको थियो ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)को आयोजनामा पोखरामा पहिलोपटक साफ महिला फुटबल आयोजना गरिएको हो ।