६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

डायलाइसिस गर्दै, काममा खटिँदै प्रधानमन्त्री

डायलाइसिस गर्दै, काममा खटिँदै प्रधानमन्त्री
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनरक्षक विधि मानिएको डायलाइसिस प्रक्रिया जारी राख्दै मुलुकका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक कार्य गर्दै आएका छन् ।१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस हुँदै आए पनि महत्वपूर्ण बैठक र प्रशासनिक कामलाई अड्काएका छैनन् । मन्त्रिपरिषद् बैठकका निर्णयदेखि पार्टीका महत्वपूर्ण बैठकमा समेत सहभागी भएर प्रधानमन्त्रीले आफ्नो सक्रियता बढाउँदै आएका छन् ।

प्रधानमन्त्री ओली शनिबार पनि डायलाइसिसका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए । डायलाइसिस गरेर बालुवाटार फर्केलगत्तै उनी पुनः प्रशासनिक कार्यमा सक्रिय हुने गरेका छन् । प्रधानमन्त्री ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले डायलाइसिस गर्दै आफ्नो नियमित कार्यलाई अगाडि बढाउँदै आइरहेको बताए । प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीले निवासमा बसेर नियमित रूपमा नै महत्वपूर्ण कार्य गरेको जानकारी दिए ।

तत्काल प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको कुनै योजना नबनेको थापाले बताए । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको नियमित डायलाइसिस भइरहेको बताइन् । डायलाइसिस गराइरहेका प्रधानमन्त्री ओलीलाई धपेडी नगर्न र भिडभाडमा नजान चिकित्सकले सुझाव दिँदै आएका छन् । मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार मृगौला प्रत्यारोपण नहुँदासम्म नियमित डायलाइसिस गर्नुपर्ने हुन्छ ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण नहुँदासम्म नियमित डायलाइसिस गर्नुपर्छ ।’ प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका क्रममा सिंगापुर पुगेर प्लाज्माफेरोसिस प्रक्रियामार्फत उपचार गराएका थिए । प्लाज्माफेरेसिसले काम नगरेपछि ओलीले डायलाइसिस रोजेका छन् । २०६४ सालमा ओलीको भारतको ओपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

के हो डायलाइसिस ? मिर्गौला रोग विशेषज्ञहरूका अनुसार कुनै कारणवश अचानक वा दीर्घ रूपमा शरीरको मिर्गौलाले काम गर्न छाडेको अवस्थामा शरीरमा जम्मा हुन पुग्ने विकारजन्य पदार्थलाई मेसिनको सहायताले शरीरबाट बाहिर निकाल्ने प्रक्रिया डायलाइसिस हो । डायलाइसिस मेसिनले शरिरभत्रबाट रगतलाई पम्प गरेर रगतका ट्युबमार्फत् डायलाइजरमा पुर्याइन्छ ।

यसो गर्दा शरीरबाट बाहिर आएको रगतलाई जम्न नदिन हेपारिन वा निरन्तर सलानी दिइन्छ । मिर्गौलाले काम गर्न छाड्दा शरीरमा विषालु पदार्थ, अत्यधिक पानी र पोटासियमजन्य नुन जम्मा हुन्छन् । चिकित्सकहरूका अनुसार शरीरमा जम्मा भएको विषालु र अन्य अनावश्यक तत्व छानेर फाल्ने जीवनरक्षक विधि डायलाइसिस हो । राजधानी दैनिकबाट