२० भाद्र २०८३, शनिबार
,
Latest
सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संरचनागत रूपान्तरणविना समावेशिता अपूर्ण छ’



oplus_2
अ+ अ-

काठमाडौँ। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले संरचनागत रूपान्तरणविना समावेशिता अपूर्ण रहने बताउनुभएको छ ।

आज राष्ट्रिय दलित कर्मचारी समाज नेपालद्वारा प्रकाशित ‘समानुपातिक समावेशिता : जेनजी आन्दोलनको अपेक्षा र संरचनात्मक रूपान्तरण’ नामक पुस्तकको विमोचन तथा सम्मान कार्यक्रममा अध्यक्ष विश्वकर्माले समावेशिता केवल सङ्ख्यामा सीमित नभई संरचनागत परिवर्तनसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।

“टाउका गन्नु मात्र समावेशिता होइन, त्यो प्रवेश गर्ने बिन्दु मात्रै हो”, उहाँले भन्नुभयो, “सिंहदरबारभित्रको सोच र कार्यशैली परिवर्तन नभएसम्म देशमा वास्तविक रूपान्तरण सम्भव हुँदैन ।” उहाँले शक्तिमा रहेका वर्गले धर्मको आडमा  शोषण गरिरहेको उल्लेख गर्दै दलित समुदायका सकारात्मक पक्षहरूको प्रचारप्रसारमा हिच्किचाउन नहुने धारणा राख्नुभयो ।

समाजका अध्यक्ष जयबहादुर विश्वकर्माले समावेशितालाई प्रभावकारी बनाउन संविधान संशोधनमा समेटिनुपर्ने विषयहरूको चर्चा गर्दै समावेशिता र संरचनात्मक रूपान्तरणका विषयमा थप बहस र जागरण आवश्यक रहेको बताउनुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले समाजमा विभेद क्रमशः घट्दै गएको उल्लेख गर्दै वर्गीय समुन्नतिका लागि सबै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक चेतना बढेको नयाँ पुस्ताले आफ्नो क्षमता उजागर गर्दै समाजमा रहेको विभेद न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दलित अधिकारकर्मी कमला हेमचुरीले रूपान्तरणका लागि निरन्तर अघि बढ्नुपर्ने र समतामूलक समाज निर्माणमा आरक्षणमा मात्र सीमित हुन नहुने बताउनुभयो ।

पूर्वसचिव डा मानबहादुर विकद्वारा लिखित उक्त पुस्तक राष्ट्रिय दलित कर्मचारी समाज नेपालले प्रकाशन गरेको हो । सो अवसरमा समाजले निजामती सेवामा प्रवेश गरेका नवकर्मचारीहरू मिलन विश्वकर्मा, भरत नेपाली, मीना नेपाली, गङ्गा सुन्दास, खगेन्द्र बर्देवा, झक्कड सिंह विश्वकर्मा र बाबुराम भूललाई सम्मान गरेको थियो । रासस