११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

इस्लामावादस्थित एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ३० जनाको मृत्यु, १३० भन्दा बढी घाइते

इस्लामावादस्थित एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ३० जनाको मृत्यु, १३० भन्दा बढी घाइते
EDITORS NOTE: Graphic content / Security personnel stand guard outside a mosque following an explosion, in Islamabad on February 6, 2026. A blast at a Shiite mosque in Pakistan's capital Islamabad on February 6 killed 15 people and wounded at least 80, local authorities said. (Photo by Farooq NAEEM / AFP)
अ अ+ अ-

इस्लामावाद। पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीले आफू घटनाबारे बोल्ने अख्तियारप्राप्त नभएको भन्दै नाम नबताउने शर्तमा एएफपीसँग भने, “देशभरिका मस्जिदहरू उपासकहरूले खचाखच भरिएका समय शुक्रबारको प्रार्थनापछि विस्फोट भएको थियो।”

मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार राजधानी इस्लामावादस्थित शिया समुदायको मस्जिदमा भएको विस्फोटमा भएको हताहतको पुष्टि गर्दै घटनाको निन्दा गर्नुभएको छ ।

अर्को एक सुरक्षा स्रोतले एएफपीसँग भनेको छ, “आक्रमणकारीलाई गेटमा रोकिएको समय आक्रमणकारी आफैँले विस्फोट गराएको थियो।”

पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज अस्पतालमा एएफपीका पत्रकारहरूले कैयौँ वयस्क र बालबालिकालाई स्ट्रेचरमा राखेर वा हात र खुट्टामा समातेर वा उचाल्दै लैजाँदै गरेको देखेको बताए ।

अस्पतालमा चिकित्सक र प्रत्यक्षदर्शीहरूले एम्बुलेन्स र गाडीहरूको पछाडिबाट रगतले लत्पतिएको कपडासहित पीडितहरूलाई उतार्न मद्दत गरेका देखिन्थ्यो ।

घाइतेका नजिकका साथी र आफन्तहरूले अस्पतालको सुरक्षा वार्डमा कडाइ भएपछि आपन्तहरूलाई भेट्न दिनका लागि कराइरहेको देखिन्थ्यो ।

एएफपीका पत्रकारहरूको अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलले घेरा हालेको देखिन्थ्यो, जहाँ जमिनमा रगतको आहाल देखिएको थियो।

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा मस्जिदको अगाडिको ढोका नजिकै कैयौँ लाश र रातो कार्पेटले ढाकिएको प्रार्थना हलमा भग्नावशेष छरिएको देखिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले विस्फोटमा संलग्न व्यक्तिहरूलाई पत्ता लगाएर न्यायको कठघरामा ल्याइने बताएका छन्।

अफगानिस्तानसँग सीमा जोडिएको देशको दक्षिणी र उत्तरी दुवै प्रान्तमा पाकिस्तानी सुरक्षा बलले विद्रोह चर्किरहेका बेला कुनै पनि समूहले तत्काल आक्रमणको जिम्मेवारी लिएको छैन।

पाकिस्तान सुन्नी बहुल राष्ट्र हो तर यहाँ शिया समुदायको जनसङ्ख्या १० देखि १५ प्रतिशत रहेको छ र विगतमा यस क्षेत्रमा आक्रमणमा उनीहरू निशाना बनिएका छन्।

बढ्दो विद्रोह

इस्लामाबादले दक्षिणी बलुचिस्तानमा पृथकतावादी सशस्त्र समूहहरू र इस्लामाबाद नजिकैको उत्तरी खैबर पख्तुनख्वा प्रान्तमा पाकिस्तानी तालिबान र अन्य इस्लामिक लडाकूहरूले अफगान भूमिलाई आक्रमण गर्न सुरक्षित आश्रयको रूपमा प्रयोग गरेको बताएको छ।

अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ र द्विपक्षीय सम्बन्ध खस्किएको छ र दुवै देशका सेनाबीच सीमामा नियमित रूपमा झडप भइरहने गरेको छ ।

इस्लामावादमा नोभेम्बरमा अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए, जुन लगभग तीन वर्षमा राजधानीमा भएको पछिल्लो ठूलो आक्रमण थियो।

पाकिस्तानी सेनाले दक्षिणी बलुचिस्तानमा पनि दबाबको सामना गरिरहेको छ, जहाँ गत हप्ता पृथकतावादी विद्रोहीले जिम्मेवारी लिएको आक्रमणमा ३६ सर्वसाधारण र २२ सुरक्षाकर्मीको मृत्यु भएको थियो।

ती आक्रमणहरूले प्रतिकारको लहर सुरु गर्यो जसमा अधिकारीहरूले सुरक्षा बलले लगभग २०० लडाकूहरू मारेको बताए।  (रासस/एएफपी)