१७ भाद्र २०८३, बुधबार
,
Latest
जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा र बालेनको एकता विचार र सिद्धान्तविहीन ‘स्टन्ट’ मात्र होः अग्निप्रसाद सापकोटा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गर्नुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उनीहरुमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताउनु भयो । नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै नेपाली जनता अब भ्रममा नपर्ने दाबी गर्नुभयो ।

नेता सापकोटाले रास्वपा र बालेन्द्र पक्षबीच भएको १० बुँदे सहमतिमा कुनै राजनीतिक दर्शन वा दीर्घकालीन दृष्टिकोण नभएको जिकिर गर्नुभयो । उहाँले घण्टी बजाएको भरमा र ‘स्टन्ट’ गरेको भरमा नेपाली जनता अब भ्रमित नहुने स्पष्ट पार्नुभयो । नयाँ राजनीतिक दल र पात्रहरूको उदयका पछाडि एउटा भयानक र रहस्यमयी शक्ति खडा भइरहेको उहाँको विश्लेषण छ । सिन्धुपाल्चोक जिल्लालाई नेकपाको पुरानो र मजबुत किल्ला बताउँदै सापकोटाले वि.सं. २०६४ देखि नै आफूहरू संस्थापन पक्षको रूपमा जनताको सेवामा समर्पित रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले जो रास्वपा र बालेनको बीचमा एकता भएको छ । तपाईंहरु विचार गर्नुहोला । यिनीहरुको न सिद्धान्त छ, न विचार छ, न दृष्टिकोण छ, न एजेण्डा छ । यिनीहरुको बीचमा सहमति भएको १० वटा बुँदामा प्राविधिक कुरा मात्रै छ । घण्टी बजाएको भरमा र हाम्रो संयोजक कमरेडले भनेजस्तै स्टन्ट गरेको भरमा नेपाली जनता अब भ्रमित हुँदैनन् । यिनीहरुका पछाडि एउटा भयानक तागत खडा भइरहेको छ । तर मलाई के विश्वास छ भने आजको उपस्थिति र उत्साहले पनि सिन्धुपाल्चोक जिल्ला हाम्रो किल्ला हो । जहाँ हामी २०६४ सालदेखि समर्पण छौँ । हामी नै संस्थापन हो ।’

उहाँले नेकपाको जित सुनिश्चित रहेको बताउनु भयो । नेकपाको उम्मेदवारका अगाडि अरु उम्मेदवार ‘स्याल’ भएको टिप्पणी गर्नुभयो ।