![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । नेकपाले अग्नी प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमती जुटेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सापकोटाको नाममा सहमती जुटेको स्रोतले जनाएको छ । नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबिच छलफलपछि अपराह्न ४ बजे सचिवालय बैठक डाकेको हो।
![](https://newspolar.com/wp-content/uploads/2020/01/अध्यक्षद्वय-केपी-शर्मा-ओली-र-पुष्पकमल-दाहाल-प्रचण्ड-भेटघाटमा_D851852-1-1000x651.jpg)
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालकी कर्मचारीमाथि यौनदुब्र्यबहारको आरोप लागेपछि रिक्त रहेको पदमा कसलाई उम्मेद्वार बनाउने भन्ने बिषयमा नेकपाभित्र विवाद रहेको छ । यो विवाद चर्कदै गएपछि एक महिनाअघि पुस ४ गतेबाट शुरु भएको संसदको हिउँदे अधिबेशनको बैठक लगातार स्थगित हुँदै आएको थियो। प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो। अर्को बैठक भोलि पुस ६ गतेलाई बोलाइएको छ।