१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा पूर्वसमूह भन्ने नै छैन : प्रवक्ता श्रेष्ठ



अ+ अ-

पर्वत । सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओबादी भन्ने समूह नै नभएको बताउनुभएको छ । प्रेस सङ्गठनले कुस्माबजारमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा पूर्वसमूह भन्ने नै नरहेको बताउनुभएको हो ।

“पार्टीमा पूर्व समूह भन्ने नै छैन”, उहाँले भन्नुभयो, “पूर्वसमूह भन्ने विषय अब पार्टीमा इतिहास लेख्ने बेला मात्रै आउँछ ।” पार्टीमा स्थायी गुट र शिविर राख्ने कुरा गलत भएको र आपूm त्यसको विपक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो । “स्थायीरुपमा गुटबन्दी गर्न जरुरी छैन”, उहाँले भन्नुभयो, “म सधैँ त्यसको विपक्षमा नै छु ।”

उहाँले मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) राष्ट्रहितमा हुने गरी पार्टीको सचिवालयले एकमतले निर्णय पारित गर्ने बताउनुभयो । पार्टीका सचिवालय र स्थायी समितिका सदस्यसमेतले एमसीसीका बारेमा फरक फरक धारणा सार्वजनिक गरेका बेला प्रवक्ता श्रेष्ठले अहिले मत विभाजनको अवस्था देखिए पनि यसका बारेमा पार्टीका नेता कार्यकर्ताको समान धारणा बन्ने दृढता ब्यक्त गर्नुभयो ।

“एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइन्छ”, उहाँले भन्नुभयो, “पार्टी सचिवालयले एकमतले नै पारित गरेर अघि जान्छ ।” छलफल हुनु स्वभाविकै भएपनि पार्टीको सचिवालयलाई निर्णय गर्ने अधिकार भएकाले सर्वसम्मत निर्णय भएर जाने विश्वास उहाँको छ । उहाँले कुनै पनि नेता कार्यकर्ताले एमसीसीका विषयमा तनाब लिन आवश्यक नभएको प्रष्ट पार्नुभयो । उहाँले सरकार स्वतन्त्र परराष्ट्र नीतिका पक्षमा भएकाले राष्ट्रहितलाई हेरेर नै अघि बढ्ने बताउनुभयो ।