१७ भाद्र २०८३, बुधबार
,
Latest
जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपूर्व कुनै गठबन्धन हुँदैनः काँग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनपूर्व कुनैपनि दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेको छ ।

नेपाली काँग्रेस केन्द्रिय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेस पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताउनु भयो ।

उहाँले संसद पुनःस्थापना लगायतका विषयमा चलेका हल्लाहरुको विषयमा काँग्रेसको कुनै टीप्पणी भएको बताउनु भयो । निर्वाचनबाट ध्यान मोड्न त्यस्ता प्रयास भएको उहाँको भनाई छ । उहाँले निर्वाचन अवधिभर कुनै पनि किसिमको गठबन्धन नहुने र काँग्रेस आफ्नै बलमा चुनाव लड्ने दोहो¥याउनुभयो । उहाँले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सम्पुर्ण रुपमा हामी चुनावी प्रणालीमा गईरहेका छोँ । हामी चुनावमा नै विश्वास गर्छौ । पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ । यही बीचमा कतिपय भेटघाट, अदालती कुरालाई लिएर अयन्त्र ध्यान मोड्ने कुरामा हाम्रो कुनै टिप्पणी छैन । चुनावपूर्व हाम्रो कसैसंग कुनै किसिमको गठबन्धन हुँदैन । नेपाली काँग्रेस १६५ क्षेत्रमा आफ्नो उम्मेद्वार कायम छ । हामी प्रचारमा लागेका छौँ । विजयको उन्मुख पुगिरहेका छौँ ।’ 

उहाँले निर्वाचनमा मतदान गर्दा विगतको ईतिहास र भविष्य निर्माण गर्न सक्ने पार्टी र उम्मेद्वारलाई गर्न पनि आग्रह गर्नुभयो ।