२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्यो मन्त्रिपरिषद्‍ विस्तार : थपिए चार राज्यमन्त्री



अ+ अ-

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद‍् विस्तार गरेका छन् । आइतबार चार राज्यमन्त्री थप्दै मन्त्रिपरिषद‍् विस्तार गरेका हुन्।

इलामका रामबहादुर मगरलाई कृषि तथा सहकारी , झापाकी जसमाया गजमेरलाई सामाजिक विकास, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार र मोरङका विजयकुमार विश्वासलाई पर्यटन राज्मन्त्रीको जिम्मेवारी दिइएको छ । यो सँगै प्रदेश १ को मन्त्रिपरिषद् सदस्य संख्या ९ पुगेको छ ।

प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रिलाई शपथ खुवाएका छन्।उनीहरुले आइतबार नै मन्त्रालय सम्हालेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।