१७ भाद्र २०८३, बुधबार
,
Latest
जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा कम्तिमा १० सिट एमालेले जित्छः सचिव बस्नेत



फाई फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गर्नुभएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले उपत्यकाका सबै सिट जित्नेगरी तयारी गरेपनि १० सिट जित्ने दाबी गर्नुभएको हो ।

अघिल्लो निर्वाचनमा पाँच दलिय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको बताउनु भयो । यसपटक मतदाताहरु एमाले नै ठिक रहेको भन्ने निष्कर्षमा पुगेको उहाँको दाबी छ । उहाँले उपत्यकावासीहरू सचेत, शिक्षित र राजनीतिक रूपमा परिपक्व रहेको पनि बताउनु भयो । सचिव बस्नेतले केही घुमन्ते उम्मेद्वारहरुले भोट किनबेचको आरोप लगाउने गरेकोप्रति आपत्ति जनाउँदै उपत्यकामा देशकै सबैभन्दा धेरै बौद्धिक र शिक्षित वर्ग बसोवास गर्ने बताउनु भयो । उहाँकाअनुसार उपत्यकाको मत परिवर्तित छ । सानो घटनाले पनि यहाँको मत परिवर्तन हुने उल्लेख गर्नुहुँदै उहाँले यसपटक एमालेको माहोल बनेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ कतिपय घुमन्ते साथीहरु आएर भोट किनबेच हुन्छ भन्ने आरोप लगाउने गरेका छन् । त्यो चाँही हामी उपत्यकाबासीहरुलाई गिज्याईरहेको कुरा हो । सबैभन्दा धेरै बौद्धिक वर्ग र शिक्षित वर्ग यहाँ छन् । त्यसकारण उनीहरुको भोट परिवर्तित छ । कहिलेकाँही सानो परिघटनाबाट पनि उपत्यकाकाले भोट परिवर्तन गरेको छ । अघिल्लो पटक स्वतन्त्र पार्टीले उपत्यकाका मात्रै सिट ल्याएको थियो । त्यो भोगाईबाट यसपाली चाँही एमाले नै ठिक हो भन्ने ठाउँमा उपत्यकाका बासी पुगेका छन् । अघिल्लो पटक पाँच दलिय गठबन्धन बनेको कारणले बालेन र रवीजीहरुको स्वतन्त्रको क्रेज भएकोमा अवस्थामा हामीले दुई सीट मात्रै जितेका हौँ । यसपाली उपत्यकाका १५ सीट एमालेको सुनिश्चित भन्ने नारा त दिएका छौँ तर कमसेकम १० सीट हामी जित्छौँ ।’ 

उहाँले देशमा एमालेले जति विकास निर्माणका कार्य अरुले नगरेको दाबी गर्नुभयो । उहाँले त्रिवि क्रिकेट मैदानको स्तरोन्नति, धरहरा, रानीपोखरी लगायतका संरचनाको निर्माण एमालेले गरेको बताउनु भयो ।