२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यून प्रगतिलाई बढाउन मुख्यमन्त्री कार्कीको निर्देशन



अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्न आज निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले बजेट प्रगति न्यून भएकाले कार्यस्थलमै गएर छलफल गरी कार्य प्रगति बढाउन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री कार्कीले दुई तीन वर्षदेखि निरन्तर बजेट राखिने तर त्यो कार्यान्वयन नहुने अवस्था भएमा तत्कालै हटाउन पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “एउटै काम पनि घनचक्करजस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त्य हुनुपर्छ ।”

उहाँले मन्त्रालयभित्रकै कमीकमजोरीहरूलाई चाँडोभन्दा चाँडो हटाएर कामलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो । कर्मचारी, राजनीतिज्ञ र स्थानीय तहले समस्यालाई ठीक ढङ्गले बुझ्न नसक्दा पनि समस्या भएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले यी सबै क्षेत्रले आफ्नो अधिकार र कामलाई बुझेर अगाडि बढ्न सके प्रगति हुने दाबी गर्दै प्रदेशलाई केन्द्रले पनि सहयोग नगरिरहेको बताउनुभयो । यातायातको अधिकार प्रदेशमा भएको तर यहाँको यातायातबाट उठेको जरिवाना केन्द्र सरकारले लैजाने गरेको उहाँले बताउनुभयो ।

बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन कानुन संशोधन र पुनर्निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।