२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको आरोपमा चीनका पूर्व न्यायमन्त्रीलाई जन्मकैदको सजाय



अ+ अ-

बेइजिङ। एक दशकभन्दा बढी अवधिमा झण्डै दुई करोड अमेरिकी डलर घुस लिएको अभियोगमा चीनको एक अदालतले पूर्वन्यायमन्त्रीलाई सोमबार आजीवन कारावासको सजाय सुनाएको छ ।

सन् २०२० देखि सन् २०२३ सम्म ६४ वर्षीय ताङ यिजुन चीनको न्यायमन्त्री रहनुभएको थियो । उहाँले लियाओनिङ प्रान्तका गभर्नर र निङ्बो शहरका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का प्रमुखसहित विभिन्न पदहरू सम्हाल्नुभएको थियो ।

राष्ट्रपति सी जिनपिङले सन् २०१२ मा सत्तामा आएदेखि नै भ्रष्टाचार विरोधी व्यापक अभियान चलाउनुभएको छ, यद्यपि यसलाई आलोचकहरूले उहाँले सम्भावित राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्ने रणनीति अपनाएको आरोप लगाउने गरेका छन् ।

पूर्वी चीनको ‘सियामेन इन्टरमीडिएट पिपुल्स कोर्ट’ले एक विज्ञप्तिमा भनेको छ, “ताङले सन् २००६ देखि सन् २०२२ को बीचमा ‘विभिन्न संस्था र व्यक्तिहरूका लागि लाभ प्राप्त गर्न’ क्रमिक रूपमा धारण गरेका पदहरूसँग सम्बन्धित फाइदाहरूको दुरुपयोग गरेको देखिन्छ।”

भुक्तानीको बदलामा पूर्व अधिकारीले व्यक्ति र कम्पनीहरूलाई प्रारम्भिक सार्वजनिक बोलपत्र निष्कासन, बैङ्कको ऋण सुरक्षित गर्न, जग्गा अधिग्रहण गर्न र अन्य मामिलामा सहयोग गरेको अभियोग लागेको थियो।

ताङले कुल १३७ मिलियन युआन (१९.७ लाख डलर) प्राप्त गरेको थियो। अदालतले भनेको छ, “यसले भ्रष्टाचार कम गर्ने परिस्थितिहरूलाई ध्यानमा राखेको छ । ताङले आफ्नो गिरफ्तारीपछि अभियोग स्वीकार गरेको, पश्चाताप व्यक्त गरेकोे, दोषी स्वीकार गरेको र अनुसन्धानमा सहयोग गर्नुभएको छ।”

अर्का पूर्व चिनियाँ न्यायमन्त्री फु झेङहुआलाई सन् २०२२ मा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको थियो। उहाँले दुई वर्षको राहतको साथ मृत्युदण्डको सजाय पाउनुभएको थियो तर पछि सजाय आजीवन कारावासमा परिवर्तन भएको थियो ।

अधिकारीहरूले गत महिना चीनका सबैभन्दा शक्तिशाली जनरल झाङ युक्सियामाथि भ्रष्टाचार विरोधी अनुसन्धान सुरु गरिरहेका छन्। उहाँ हालैका दशकहरूमा पदबाट हटाइएको सबैभन्दा उच्च सैन्य व्यक्तित्व हनुहुन्छ ।  (रासस/एएफपी)