९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ मा हुने निर्वाचन देशको अस्तित्व र स्वाधीनता रक्षाका दृष्टिले महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

प्रवासी नेपाली सङ्घ, भारत केन्द्रीय समितिको सातौँ बैठकलाई आज ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उहाँले देश बनाउने नयाँ सङ्घर्षका रूपमा निर्वाचनलाई बुझ्नुपर्ने र सोहीअनुसार पार्टीका पक्षमा जनमत बनाउन लाग्न आग्रह गर्नुभयो ।

पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहनुभएका उपाध्यक्ष थापाले आफ्नो पार्टी देशभक्त र राष्ट्र निर्माणको बलियो शक्ति भएको भन्दै निर्वाचनमार्फत थप बलियो बनाउन चुनावमा खट्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लोकतान्त्रिक सरकारको पुनस्र्थापना गर्ने लक्ष्य पूरा गर्न  प्रवासमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

पार्टीले सबैको सुझावअनुसार चुनावी घोषणापत्रको तयारी गरिरहेको जानकारी दिँदै देश र जनताका सरोकारका विषयका साथै राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिका साथै अन्तरराष्ट्रिय सम्बन्धलगायत विषय त्यसमा समेटिने जानकारी गराउनुभयो ।

प्रवासी नेपाली सङ्घ, भारतका अध्यक्ष नारायण हुमागाईंको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा भारत प्रवास संयोजक हरिप्रसाद घिमिरेलगायतले सम्बोधन गर्नुभएको थियो । रासस