१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

सांसदहरू नै सरकारी अस्पताल छोडी निजी तथा विदेशी अस्पताल धाउँछन्

सांसदहरू नै सरकारी अस्पताल छोडी निजी तथा विदेशी अस्पताल धाउँछन्
अ अ+ अ-

काठमाडौं । सरकारी अस्पतालमा स्वास्थ्य उपचार निःशुल्क हुने भए पनि अधिकांश सांसद निजी अस्पतालमा धाउने गरेका छन् । सरकारी अस्पतालप्रति अविश्वासकै कारण सांसदहरू उपचारका लागि निजी तथा विदेशी अस्पताल पुगेका हुन् । संसद् सचिवालयको स्वास्थ्य इकाइका अनुसार सांसदलाई निजामती अस्पताल, वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत सरकारी अस्पतालमा उपचार निःशुल्क गरिए पनि केही सांसद मात्र ती अस्पताल जाने गरेको पाइएको छ ।

इकाइले आवश्यकताअनुसार परीक्षण गरी सांसदलाई सरकारी अस्पतालमा रेफर गर्छ । केही सांसद भने इकाइ नै नगई निजी अस्पताल धाउँछन् । ‘केस हेरेर सांसदलाई रेफर गरिन्छ,’ संसद् सचिवालयका एक कर्मचारीले भने, ‘सरकारी अस्पतालमा जाने या नजाने, त्यो त बिरामीको कुरा हो ।’ सांसद सन्तकुमार थारूले सरकारी अस्पतालको गुणस्तरीयता बढाउन आवश्यक रहेको बताए । उनले भने, ‘निजी अस्पताललाई पूर्ण निरुत्साहित गर्नुहुँदैन । तर, सरकारी अस्पताल गुणस्तरीय, सुलभ र सस्तो बनाउनुपर्छ । सरकारले पनि सरकारी अस्पताललाई प्राथमिकतामा राख्नुपर्छ ।’

यस्तै, सांसद मनकुमारी जिसीले सरकारी अस्पतालमा बेड कम भएर सांसदहरू निजी अस्पताल गएको हुन सक्ने बताइन् । उनले भनिन्, ‘मचाहिँ उपचारका लागि त्रिवि शिक्षण अस्पताल जान्छु । तर पनि सरकारी अस्पतालको गुणस्तरीयता वृद्धि गर्न सरकार लाग्नुपर्छ ।’ संघीय संसद् सचिवालयले समेत निजी अस्पतालमा चेकजाँच गरे बिलका आधारमा ५० प्रतिशत खर्च बेहोर्ने भएपछि अधिकांश सांसद निजी अस्पताल जाने गरेको पाइएको छ । इकाइका अनुसार धेरै सांसदमा उच्च रक्तचाप र सुगरको समस्या पाइएको छ ।

प्रतिनिधिसभा सदस्य र राष्ट्रिय सभा सदस्यको स्वास्थ्य जाँचका क्रममा उनीहरूलाई उच्च रक्तचाप र सुगर देखिएको छ । हाल दुवै संसद्मा गरी ३ सय ३४ सांसद छन् । संघीय संसद् र राष्ट्रिय सभाका सांसदको उपचारका लागि स्थापना भएको इकाइले संसद् चलेको बेला संसद् भवनमै पुगेर स्वास्थ्य जाँच गर्दै आएको छ । संसद् सचिवालयका उपसचिव रामहरि थापाका अनुसार सामान्य प्रकृतिका बिरामीका लागि औषधिको व्यवस्था गर्ने गरिएको छ । उनले भने, ‘ठूला रोगको चेकजाँच हुँदैन ।

अधिकांश सांसदमा उच्च रक्तचाप देखिने गरेको छ ।’ संघीय संसद् सचिवालयले सांसदको उपचारमा लाग्ने खर्चको व्यवस्थापन गर्दै आएको छ । निजी अस्पतालमा चेकजाँच गरे बिलका आधारमा ५० प्रतिशत र सरकारी अस्पतालमा चेकजाँच गरे सम्पूर्ण खर्च संसद् सचिवालयले बेहोर्दै आएको छ । त्यसका लागि संसद् सचिवालयअन्तर्गत रहने गरी बोर्ड गठन गरिएको छ । बोर्डले बिल सम्बन्धमा निर्णय गर्छ । इकाइमार्फत प्राथमिक स्वास्थ्य परीक्षण पछि सरकारी अस्पतालमा रेफरसमेत गरिन्छ ।

एकाइका एक कर्मचारीले भने, ‘प्रारम्भिक अवस्था हेरिन्छ । त्यसपछि उपचार आवश्यक परेमा निजामती अस्पताल, वीर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा रेफर गरिन्छ ।’उच्च रक्तचापका बिरामीलाई गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र रेफर गर्ने गरिएको इकाइले जनाएको छ । इकाइले संसद् बैठक वस्दा २० जनासम्मको स्वास्थ्य जाँच गर्छ । इकाइले उच्च रक्तचाप र ज्वरो नाप्नेलगायत कार्य गर्दैै आएको छ । राजधानी दैनिकबाट