१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

कोरोना भाइरसबाट जोगिन विमानस्थलमा सतर्कता, ५ स्वास्थ्यकर्मी परिचालित

कोरोना भाइरसबाट जोगिन विमानस्थलमा सतर्कता, ५ स्वास्थ्यकर्मी परिचालित
अ अ+ अ-

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणका कारण बिरामी हुनेको संख्या ५ सय ७१ पुगेको बताइएको छ । चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरूका अनुसार बुधबार साँझसम्म संक्रमणबाट बिरामी हुनेहरूको संख्या त्यति पुगेको बिहीबार जानकारी दिएका हुन् । यसले नेपालमा धेरै खतरा हुने नेपाली चिकित्सकहरू बताउँदै आएका छन् । यस कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएको भन्दै चीनले पशुबजारमा कडा नियमन गरेको छ ।

तर, नेपालमा यसको सर्तकता अपनाए पनि खासै प्रभावकारी हुने देखिएको छैन । विशेषगरी चीनका विभिन्न प्रान्तबाट नेपालमा भ्रमणका लागि आउने चीनीयाँ नागरिकहरूलाई त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाइएको भएपनि परीक्षण प्रविधि नहुँदा समस्या भएको हो ।चीनको २५ प्रान्तमा फैलिएको यो भाइरसको संक्रमण स्थानीय प्रशासनले जंगली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिएको छ । त्यस्तै मानिसहरूको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ, तर नेपालमा विमानस्थलमा यसको लागि हेल्थ डेक्समा जाँच गर्ने भनिएपनि त्यसको प्रविधि भने नभएको हो ।

यसरी हेर्दा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनको निमित्त पनि यसले समस्या ल्याउने देखिन्छ । त्यस्तै चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै १७ जनाको ज्यान गएको जानकारी दिएका छ न् ।त्यस्तै अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको अमेरिकी अधिकारीले पनि जनाएका थिए । हुबेइबाटै केही दिनअघि अमेरिका फर्किएका एक अमेरिकी नागरिकमा यसको संक्रमण भेटिएको बताएको हो । त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक व्यक्तिमा यस भाइरसको संक्रमण देखिएको अधिकारीहरूले जनाएका छन् ।

दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्यान्डमा पनि यस संक्रमणका एक–एक जना भेटिएका छन् । भाइरस प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । अझ ब्रिटेनका विशेषज्ञले त चिनियाँ विशेषज्ञले दिएको तथ्यांकभन्दा संक्रमितको संख्या निकै बढी भएको अनुमान लगाएका छन् । मानिसबाट मानिसमा सर्ने जोखिम उच्च भएका कारण यो भाइरस नेपालमा पनि भित्रिने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विशेषज्ञले सुझाएका हुन् । युहान गएर आएका नेपाली र त्यहाँबाट आएका पर्यटक सबैमा विमानस्थलमै नमूना परीक्षण गर्नुपर्ने विशेषज्ञको सुझाव छ ।

युहानबाट आएका एक नेपाली युवामा कोरोना भाइरस परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नमुना हङकङ पठाएको छ । विश्व स्वास्थ्य संगठनको समन्वयमा मंगलबार हङकङको युनिभर्सिटीमा नमूना परीक्षणका लागि पठाएको महाशाखाका डा। हेमन्त ओझाले जानकारी दिएका छन् । ती युवामा भाइरस भए–नभएको प्रमाणित गर्न ओरोफ्यान्जिय स्वाब (मुखबाट लिइने) स्याम्पल परीक्षणका लागि बाहिर पठाएको उनले जानकारी दिएका छन् । उनले केही दिनमै स्वदेशमै परीक्षणको व्यवस्था मिलाउने पनि बताए ।

डा. हेमन्तका अनुसार भाइरस भित्रिने उच्च जोखिम नेपालमा भएपनि तत्कालका लागि परीक्षण गर्न नेपालमा सम्भव नभएपनि चाँडै नै व्यवस्था मिलाउने तयारी भएको बताए । उनले भने,‘नमुना परीक्षणका लागि आवश्यक सामग्री केही दिनभित्रै नेपाल आउने भएको छ । त्यसपछि उपचारमा सहज हुन्छ ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही दिनमै शंकास्पद अवस्थाका बिरामीको नमुना परीक्षण स्वदेशमै गर्ने व्यवस्था मिलाइने जनाएको छ । भाइरसहरूको परीक्षण पोलिमराइजेसन चेन रियाक्सन प्रविधि (पिसिआर) बाट गरिन्छ ।

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला कोरोना भाइरस मानिसबाट मानिसमा संक्रमण हुने भएकाले चीनबाट आउने संक्रमितबाट नेपालमा पनि फैलिने सम्भावना भएको बताउँछन् । अन्य देशमा भाइरस फैलिसकेको अवस्थामा नेपालले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । कोरोनाभाइरसका कारण मानिसमा ज्वरो आउने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्नेलगायत समस्या देखिन्छ । भाइरसले निमोनिया निम्त्याई श्वासप्रश्वासमा समस्या उत्पन्न भई संक्रमितको मृत्युसमेत हुन्छ ।

विमानस्थलमा ५ स्वास्थ्यकर्मी परिचालित: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोरोना भाइरसको संक्रमण हुन नदिन विमानस्थलमा ५ जना स्वास्थ्यकर्मी परिचालित गरेको छ । विमानस्थलमा उच्च सतर्कता अपनाएसँगै त्यहाँ रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ । विदेशी पर्यटक तथा स्वदेश फर्किएका नेपालीको स्वास्थ्यजाँचका लागि विमानस्थलमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो । संक्रमण श्वासप्रश्वासको माध्यमबाट सर्ने हुँदा यसबाट बच्न भिडभाडमा जान नहुने चिकित्सकहरूले बताएका छन् ।

यसको लागि मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, साबुनपानीले हात धुने, खानेकुरा राम्रोसँग पकाएर खानुपर्ने चिकित्सकले सुझाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनीकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार नोवेल कोरेना भाइरस नामको यो भाइरस पाँचवटा देशमा पुगेको छ । उनले भने,‘चीन र नेपाल भनेको सँगसँगै रहेको देश हो, चीनमा देखिएको भाइरस अन्य टाढाका देशमा पुगिसक्यो भनेपछि हाम्रोमा फैलावट हुन समय नै लाग्दैन । स्वभाविकरूपमा नेपाल जोखिममा छ, त्यसैले उच्च सतर्कता अपनाउन जरुरी छ ।’

भौगोलिकरूपमा नजिकै भएको कारण पनि वर्षेनी चीनमा विद्यार्थी, व्यवसायी र अन्य व्यक्तिहरू भ्रमण गर्न जाने र नेपालमा समेत त्यहाँबाट पर्यटक आउने हुँदा समस्या भएको डा. पुनले बताए ।उनका अनुसार भौगोलिक हिसाबले देशसँगै भएकाले यस भाइरसलाई रोक्नको लागि सबै नाकाहरूमा सतर्कता अपनाउनुपर्छ । उनले विकसित देशले जस्तै हामीले पनि समयमै उच्च सतर्कता अपनाउनुपर्ने बताए । चीन र हङकङमा यो भाइरस सन् २००२–००३ मा प्रकोपका रूपमा फैलिएको सार्स भाइरसकै एक प्रजाति हो । कोरोना भाइरस थुप्रै प्रकारका हुने भए पनि मानिसमा भने यसअघि यसका ६ प्रकारको संक्रमण पाइएको थियो ।

नयाँ देखिएको भाइरसलाई मानवमा संक्रमणका हिसाबले कोरोनाको सातौँ प्रकारका रूपमा हेरिएको छ । यसका कारण चीनमा २००२ मा ८ हजार ९८ जनामा संक्रमण देखिएको थियो भने ७ सय ७४ जनाको ज्यान गएको थियो । यो सातौँ प्रकार सार्स र माउसभन्दा पनि छिटो सरेको हुँदा समस्या भएको विशेषज्ञहरूको भनाइ छ । यस भाइरसलाई मध्यनजर गर्दै अमेरिका, बेलायत र अस्ट्रेलियाले उच्च सतर्कता अपनाइरहेका छन् । सौर्य दैनिकबाट