१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

काष्ठमण्डपलाई कामपाकोे थप ५ करोड

काष्ठमण्डपलाई कामपाकोे थप ५ करोड
अ अ+ अ-

काठमाडौं । काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप ५ करोड हस्तान्तरण गरेको छ । महानगरले बिहीबार आयोजित एक कार्यक्रममा पुनर्निर्माण समितिलाई रकम हस्तान्तरण गरेको हो । महानगरप्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका हुन् । ३१ वैशाखमा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले संयुक्तरूपमा क्षमापूजा गरेर पुनः निर्माणको काम शुभारम्भ गरेका थिए । यसअघि कामपाले २८ असोज ०७५ मा कामपाले समितिलाई ५करोड हस्तान्तरण गरेको थियो ।

२९ जेठ ०७५मा काष्ठमण्डप पुनर्निर्माणको थालनी गर्दा कामपाले ५० लाख रूपयाँ हस्तान्तरण गरेको थियो । काष्ठमण्डप पुनर्निर्माण गर्न अनुमानित १८ करोड लाग्ने अनुमान छ । त्यसमध्ये कामपाले नै १० करोड ५० लाख हस्तान्तरण गरिसकेको छ । समितिले दिएको जानकारी अनुसार चार घेराको काष्ठमण्डपमा सय ओटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक–एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछ ।

दोस्रो घेरामा १२ फिट, तेस्रो घेरामा १५ र चौथो घेरामा १२ फिट अग्ला थाम हुनेछन् । सबैलाई चुकुलले अड्याइने छ । मूल थामहरू उठाएर त्यसमाथि सिंहमुखी र शंखमुखी मेथ राखिएको छ । मेथमाथि मूल निदालहरू राख्ने काम पनि सकिएको छ । काष्ठमण्डपको पुनर्निर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने बताउँदै आएको छ । कामपाका मेयर शाक्यले भने, ‘आफ्नँै खर्चमा सम्पन्न गर्छाँै ,कसैसँग सहयोग माग्दैनौँ । भौतिकरूपमा देखिने प्रगति अबको प्रतीक्षा हो । हालसम्म काष्ठमण्डपको पुनर्निर्माण ५५ प्रतिशत सम्पन्न भएको काष्डमाण्डप पुनर्निर्माण समितिका सदस्य एवम् प्रदेश सभा सदस्य राजेशकाजी शाक्यले जानकारी दिएका छन् ।

तराईको काठ, धरहरा, ताहचल र बाफलको माटो तथा दक्षिण–बाराही इँटा उद्योगको इँटाले काष्ठमण्डप निर्माण भइरहेको छ । समितिका अनुसार पुनर्निर्माणको काम झन्डै ५५ प्रतिशत पूरा भएको छ । काष्ठमण्डप पुनर्निर्माणमा १७ हजार क्यु फिट काठ लाग्ने बताइए पनि अहिलेसम्म ४ हजार ३८ दशमलव १८ क्यु फिट मात्र काठ ल्याइएको छ । ती काठ महोत्तरी र चितवनबाट ल्याइएको छ । समितिका अनुसार दक्षिण बाराही इँटा उद्योगबाट माः अप्पा ९ठूलो० ३३ हजार ३ सय ५८ वटा र माः अप्पा ९सानो० २१ हजार ५ सय ३० वटा इँटा ल्याइएको छ ।

समितिका अनुसार काष्ठमण्डपका लागि आवश्यक काठ टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौतासमेत भएको र चरणबद्ध उपलब्ध गराउने सहमति भएको थियो । तर, सहमति भए पनि आवश्यकता अनुसार काठ नआउँदा पुनर्निर्माणमा समस्या भएको समितिको भनाइ छ । काठ ल्याउन समस्या भएको समितिको भनाइ छ । यसअघि गत कात्तिकमा पनि समितिले काठ अपुग भएको भन्दै सरकारसँग काठ आपूर्तिका लागि आग्रह गरेको थियो । काष्ठमण्डपको मौलिक पहिचानयुक्त काष्ठमण्डप बनाउन आवश्यक पर्ने सामग्री सहज उपलब्ध छैन । यसका बाबजुद पनि कार्ययोजनाबमोजिम काम गर्नुपर्छ ।

मेयर शाक्यले सम्पदा पुनर्निर्माणमा प्राप्त उपलब्धिलाई उद्धृत गर्दै भने, ‘वसन्तपुरका अन्य सम्पदा पुनर्निर्माणको प्रगति पनि राम्रो छ ।’ सोही अवसरमा बोल्दै वडा २३ का अध्यक्ष मचाराजा महर्जनले, बसन्तपुर क्षेत्रमा सम्पदा पुननिर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भइसकेको जनाए ।, काम नसकिएको तर भूकम्पले क्षति पुगेका सम्पदाको जीर्णोद्धार, पुननिर्माण तथा मर्मत सम्भारको काम भइरहेको उनले जानकारी दिए । महानगरपालिकाको वडा नं।२० मा रहेको ऐतिहासिक पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ मा गएको महाविनाशकारी भूकम्पले पूर्णरूपमा क्षति भएको थियो ।

यसको पुरातात्विक महत्वलाई पूर्ववत् कायम गर्न भत्कनु पूर्वको स्वरूप, शैली र संरचनाअनुसार पुुननिर्माण गर्ने÷गराउने विषय लामो समयदेखि अन्यौलतामा थियो । यसैबीच, गएको २०७५ साल वैशाख १८ गते काठमाडौं क्षेत्र नं.८ (क) का प्रदेश सभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय काष्ठमण्डप पुनर्निर्माण समितिले नगर कार्यपालिकामा पुननिर्माणका लागि प्रस्ताव पेस गरेको थियो । सोही प्रस्तावलाई आधार मानेर कार्यपालिकाले २०७५ जेठ २४ गते समितिको प्रस्तावबमोजिम पुनर्निर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो । सौर्य दैनिकबाट