१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

विद्युतीय बस अब सरकार आफैँले सञ्चालन गर्ने

विद्युतीय बस अब सरकार आफैँले  सञ्चालन गर्ने
अ अ+ अ-

काठमाडौं । सरकारले आफैँ विद्युतीय बस सञ्चालन गर्ने भएको छ । साझा यातायातलाई विद्युतीय बस सञ्चालनको जिम्मेवारी दिँदै गत असारमा रकम दिने निर्णय गरेपनि ६ महिनासम्म बस किन्न नसकेपछि सरकार आफैँले सञ्चालन गर्न लागेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि नै आफैँ बस सञ्चालन गर्ने गरी तयारी थालिसकेको छ । पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले वातावरणमैत्री विद्युतीय बसको प्राविधिक विवरण र लागत अनुमान एंव विद्युतीय बस आपूर्तिका लागि शर्तसमेत तयार गरी नयाँ विद्युतीय बस खरिद गर्न मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

मन्त्रालय आफैँले बस खरिद गर्ने भएपछि तीन सय बस खरिद गर्न साझा यातायातलाई दिएको तीन अर्ब रुपैयाँको ब्याजसमेत फिर्ता गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । सरकारले गत असारमा साझालाई विद्युतीय बस खरिद गर्न सो रकम दिने निर्णय गरेको थियो । साउनको पहिलो साता नै रकम पनि निकासा गरिदिएको थियो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ब्याजसहित रकम फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

‘साझा यातायातलाई तीन सयवटा नयाँ विद्युतीय बस चलाउन २०७६ असारको मन्त्रिपरिषद्को निर्णयानुसार दिइएको तीन अर्ब रुपैयाँ अहिलेसम्मको ब्याजसहित फिर्ता लिने निर्णय भएको छ’, उनले भने, ‘उक्त संस्थाले ती बसहरू सञ्चालन गर्न नसकेको हुँदा यस्तो निर्णय लिइएको हो ।’ मन्त्री बाँस्कोटाका अनुसार विद्युतीय बस सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढाउने जिम्मा यातायात मन्त्रालयलाई दिइएको छ ।

‘वातावरण मैत्री नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तीन अर्ब रुपैयाँ दिने निर्णय भएको छ’, उनले अगाडि भने, ‘अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नै बस खरिद र सञ्चालन प्रक्रिया अघि बढाउने छ ।’ सरकारले अर्धसरकारी संस्था साझा यातायात सहकारी संस्था लिमिटेडमा सेयरबापत सो रकम उपलब्ध गराएको थियो । साउनदेखि ६ महिनाको ब्याजरकमसहित फिर्ता लिने भएको हो ।

यसअघि बागमती प्रदेश सरकारले पनि साझासँगको सहमति तोडेको थियो । प्रदेश सरकारले पनि आफैँ विद्युतीय बसहरू सञ्चालन गर्ने निर्णय गरेको थियो । केन्द्र सरकारसँगै बागमती प्रदेश सरकारले साझालाई ३० करोड रुपैयाँ बस खरिदका लागि दिएको थियो । यातायात मन्त्रालय स्रोतका अनुसार माघ महिनाभित्रै विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । फागुन महिनाभित्र मन्त्रालयले खरिदका लागि आवश्यक सबै प्रक्रिया अगाडि बढाएर काम गर्ने तयारी भईरहेको छ । सौर्य दैनिकबाट