१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

यस्ता छन् विहीवारको मन्त्रीपरिषद निर्णय

यस्ता छन् विहीवारको मन्त्रीपरिषद निर्णय
अ अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुनकोसी मरिन डाइभर्सन बहुद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने बताएका छन् । सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सुनकोसी मरिन डाइभर्सन आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको बताए । सो आयोजनालाई स्वीकृति प्रदान गर्दै बैठकले आयोजनाका लागि स्रोत सुनिश्चित गरी शीघ्र कार्यान्वयन गर्ने उनले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत मंसिरमा सो आयोजनाका लागि स्रोत सुनिश्चित गरिदिन अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो । सो आयोजना सम्पन्न भएसँगै प्रदेश २ को १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुने मन्त्री बाँस्कोटाले बताए । चालू आवको बजेटमा सो आयोजनाका लागि २ अर्बको स्रोत सुनिश्चित छ । ऊर्जाले अर्थ मन्त्रालयसँग ४६ अर्ब ७२ करोडबराबरको स्रोत सुनिश्चितताका लागि आग्रह गरेको थियो ।

बहुवर्षीय ठेक्का प्रक्रियामा आयोजना अघि बढाइने भएकाले सोहीनुसार स्रोतको सुनिश्चितता भए आयोजनालाई निर्माणमा लैजान सकिने ऊर्जा मन्त्रालयले जनाएको छ । सुनकोसी र गोलन्जोर गाउँपालिकाकाको सिमानानजिकै खुर्कोटबाट बाँध बाँधी सुरुङमार्फत ६७ मिटर क्युसेक पानी मरिन खोलामा खसालिनेछ । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा निर्माण हुने विद्युत्गृहबाट विद्युत् उत्पादन गर्ने तथा बारा, पर्सा र रौतहटका १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइने भएको छ । तराई–मधेसमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेको छ ।

आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ । बाग्मतीमा पानीको सतह घटेपछि रौतहट र सर्लाहीको खेतीयोग्य जग्गामा सिंँचाइमा समस्या देखिँदै आएको छ । बाग्मती सिँचाइको क्षमता १ लाख २२ हजार क्युसेक रहे पनि हिउँदमा पानीको मात्रा असाध्यै कम हुने रहेको छ । सुनकोसीबाट मरिन उपत्यकामा झारिने पानीमध्ये रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ । मन्त्री बाँस्कोटाले अन्य आयोजनालाई कुनै प्रभाव नपर्नेगरी सुनकोसी–मरिन डाइभर्सन आयोजना अघि बढाइने र सोका लागि आवश्यक तयारी ऊर्जा मन्त्रालयले गरिरहेको बताए ।

यसैगरी, सरकारले राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी मापदण्ड, २०७६ स्वीकृत गरेको छ । मालवस्तुको वर्गीकरण तथा उत्पत्ति विषयको पूर्वादेश जारी गर्नेसम्बन्धी विषयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय सरकारले गरेको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि सम्पूर्ण आर्थिक, प्रशासनिक अधिकारसमेत प्रयोग गर्नेगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेललाई कार्यकारी निर्देशकसमेतको काम तोकिएको छ ।

यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्षमा गणेश दत्त भट्ट र सदस्यमा प्रचण्डराज प्रधान, डा. गोविन्द गौतम (दाङ), समन दाहाल (मोरङ) र विष्णु पोखरेल तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदी, सदस्यमा विश्वप्रकाश भण्डारी, गंगाधर अधिकारी, सुनिल रञ्जना सिंह र सरिता थापालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त क्षेत्रमा रोजगारीमा रहेका नेपाली श्रमिकको अवस्थाका बारेमा निरन्तर सूचना र जानकारी लिने र आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ । राजधानी दैनिकबाट