९ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार गर्ने विरूद्ध कारबाही माग गर्दै सिहदरबार गेटमा धर्ना



अ+ अ-

काठमाडौं। जाजरकोटकी एक २५ वर्षीया महिला आफूमाथि बलात्कार गर्ने व्यक्ति विरूद्ध कारबाही माग गर्दै सि‌हदरबारको दक्षिण गेट अगाडी धर्ना बसेकी छिन् ।

सात महिनाको गर्भ रहेको दाबी गर्दै ति महिलाले आफूमाथि बलात्कार गर्ने दार्चुलाका भुपेन्द्रसिंह ठगुन्नालाई कानुनी कारबाही हुनुपर्ने र जन्मपछि शिशुको अधिकार सुनिश्चित हुनुपर्ने माग राखेकी छिन् ।

सिहदरबारको गेट अगाडी धर्नामा बस्दै उनले भनिन् ‘ममाथि बलात्कार भयो भनेर पटक पटक प्रहरी र अदालतलाई सुनाउँदा पनि बेवास्ता गरिएकाले आज मैले यो दिन भोग्नुपर्‍यो । प्रहरी र अदालतको चरम लापरबाहीको सिकार भएको पात्र हुँ म। न्याय नपाउँदा सम्म जान्न बरु शरीर माथि मोटर गुडाएर मारिदिए हुन्छ ।’

ठगुन्नाविरूद्ध सुर्खेतमा जाहेरी दर्ता भएको छ । जाहेरीपछि ठगुन्नाविरूद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको छ। ठगुन्ना प्रहरी जवान भएको ती महिलाले जानकारी दिइन् । न्याय माग्दै ती महिला २५ मंसिरदेखि  माइतीघर मण्डलामा अनसन समेत बसेकी थिईन ।