१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवसायी र मजदुरका मुद्दा बोकेर चार जना व्यवसायी चुनावी मैदानमा



अ+ अ-

काठमाडौँ । यातायात व्यवसायी र यातायात मजदुरका मुद्दा बोकेर देशभर चार जना यातायात व्यवसायीले विभिन्न पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।

निजी क्षेत्रको लगानी र नियन्त्रण रहेको नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न चार जना ठूला यातायात व्यवसायीहरु चुनावी मैदानमा उत्रिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले बताउनु भयो । उहाँकाअनुसार नेपाली कांग्रेसबाट महासंघका केन्द्रिय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली–२, पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ र वरिष्ठ व्यवसायी भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कर्णाली यातायातका प्रमुख रमेश सापकोटा समेत सुर्खेत–२ बाट उम्मेदवारी दिनुभएको सापकोटाले जानकारी दिनुभयो । यातायात क्षेत्रको प्रतिनिधित्व नीति निर्माणको तहमा नभएकै कारण यो क्षेत्र अस्तव्यस्त बनेको उहाँको भनाइ छ । उहाँले नीति निर्माण तहमा यातायात क्षेत्रको सहभागिता नहुँदा मुलुकको ठूलो लगानी भएको र आर्थिक समृद्धिको प्रमुख आधार मानिने यातायात क्षेत्र भद्रगोल अवस्थामा पुगेको समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नीति बनाउने ठाउँमा यातायात क्षेत्रको प्रतिनिधित्व नभएकै कारण नेपालको अत्यन्त ठुलो लगानी भएको तथा मुलुकको आर्थिक समृद्धिको वाहकका रुपमा रहेको यातायात क्षेत्र अस्तव्यवस्त भएको । नेपाली नागरिकले सबैभन्दा धेरै प्रयोग गर्ने भनेको सार्वजनिक यातायात हो । त्यसको प्रतिनिधित्व संसदमा नहुँदा यातायात क्षेत्र भद्रगोल रहेको अवस्थामा महासंघ र यातायात व्यवसायीले निर्णय गरेर महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले उम्मेदवारी दिनुभएको छ । उहाँ कैलाली क्षेत्र न. २ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ ।’

उहाँले चार जना उम्मेदवारलाई नीति निर्माणको तहमा पु¥याउन यातायात व्यवसायीहरुलाई एकजुट भएर लाग्न अपिल समेत गर्नुभयो ।