३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता
अ+ अ-

गलेश्वर । म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै यहाँ निर्वाचनको माहोल बन्दै गएको छ ।

आगामी फागुन २१ गते निर्वाचनको मिति नजिकिँदै जाँदा विशेषगरी पहिलोपटक नाम दर्ता गराएका युवा मतदानका लागि उत्साहित देखिएका छन् । जेनजी आन्दोलनपछि अब आउने जनप्रतिनिधिले युवाको भावना बुझ्ने भन्दै उनीहरूमा उत्साह थपिएको हो ।

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जना व्यक्तिले उम्मेदवारी (मनोनयन) दर्ता गराएकामा १२ जनाको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारसहित राजनीतिक दलका नेताहरू मत माग्न जनताको घरघरमा जान, विभिन्न ठाउँमा भेला र छलफल गर्न व्यस्त हुन थालेका छन् ।

बेनी नगरपालिका–२ का निकेश सापकोटा पहिलोपटक मतदान गर्दै हुनुहुन्छ । उहाँले व्यक्तिगत छविमा कुनै दाग नलागेका, देश विकास गर्ने योजना भएका र युवाको मनोभावना र देशको आवश्यकतालाई बुझेर इमानदारीपूर्वक काम गर्ने नेतालाई निर्वाचित गरेर पठाउनका लागि फागुन २१ मा मत हाल्न आफू उत्साहित भएको बताउनुभयो ।

“म पहिलोपटक मतदान गर्न लागेको छु । उत्साहित छु । देश र जनताको मनोभावनालाई बुझेर काम गर्न सक्ने योग्य र इमानदार उम्मेदवारलाई भोट हाल्छु,” सापकोटाले भन्नुभयो । दलहरूले आ–आफ्ना पार्टी र उम्मेदवार नै योग्य भएको भनेर प्रचार गरी मत मागे पनि कसलाई जिताउने भन्ने अधिकार मतदातामा रहेको बताउँदै सापकोटाले आफू पहिलोपटक अधिकारको प्रयोग गर्न लागेकामा खुसी व्यक्त गर्नुभयो ।

यस्तै, बेनी नगरपालिका–७ की २१ वर्षीया सङ्गीता विक सबै सम्मेदवारहरूको कुरा सुनेर र उनीहरूलाई राम्रोसँग बुझेर मात्र कसलाई मत दिने भन्ने कुरा निर्णय गर्ने बताउनुहुन्छ । “म उम्मेदवारहरूको कुरा सुनेर र एजेन्डा हेरेर मत दिने मुडमा छु । सक्षम नेतृत्व छनोट गर्न नसक्दा दुःख जनतालाई नै हुँदोरहेछ भन्ने कुरा हामीलाई विगतले सिकाएको छ । त्यसैले राम्रो र सक्षम नेतृत्वलाई मत दिएर विजयी बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो । विक जेनजी आन्दोलनका पक्षमा पनि लाग्नुभएको थियो । उहाँ पहिलोपटक मतदान गर्दै हुनुहुन्छ ।

त्यस्तै, मङ्गला गाउँपालिका–४ का दीपेश बुढा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक मतदान गर्दै हुनुहुन्छ । युवा पुस्ताको आन्दोलनपछि अब देशको विकास हुन्छ कि भन्ने लागेर मतदान प्रक्रियामा सहभागी हुने उहाँले बताउनुभयो । “अहिले म्याग्दीको निर्वाचन पनि निकै चर्चामा छ । नयाँ दल र नयाँ व्यक्ति निर्वाचनमा सहभागी भएका छन् । पार्टीभन्दा पनि योग्य मान्छेलाई हेरेर मतदान गर्ने सोच बनाएको छु,” बुढाले भन्नुभयो ।

रघुगङ्गा गाउँपालिकाका सङ्गम पुन पनि आफूले पहिलोपटक मतदान गर्न लागेको र त्यसको सही प्रयोग गर्न उम्मेदवारबारे अध्ययन गरिरहेको बताउनुहुन्छ । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित फागुन २१ को पर्खाइमा रहेको उहाँको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको जिल्लामा अन्य एक, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् ।

निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ । अधिकांश युवा मतदाता रहेका छन् । केही यसअघि नै उमेर पुगे पनि मतदाता नामावलीमा पहिलो पटक नाम दर्ता गराएकाहरू हुन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबारसम्म ६६ वटा मतदानस्थलको अनुगमन तथा निरीक्षण गरिएको छ । निर्वाचनका लागि सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढेको छ । रासस