१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरको बिरामीलाई उपचारार्थ सात लाख सहयोग



फाइल फोटो
अ+ अ-

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको उपचारका लागि सात लाख भन्दा बढी सहयोग प्राप्त भएको छ ।

भकिम्लीको ज्यामीरेकी ५७ वर्षीया हरिकला छन्त्यालको उपचारका लागि स्थानीय हिमचुली स्र्पाेट्स क्लबको नेतत्वमा रु सात लाख ५८ हजार पाँच सय ९३ सहयोग जुटेको हो ।

स्वदेश तथा विदेशमा रहेकाबाट सङ्कलन भएको उक्त रकम पाठेघर र फोक्सोको क्यान्सरबाट थलिएकी छन्त्याललाई उपचारका लागि उपलब्ध गराएको क्लबका अध्यक्ष दीपक पुनले जानकारी दिनुभयो ।

बालप्रिय सारदा आधारभूत विद्यालयमा आयोजना भएको कार्यक्रममा वडा सदस्य द्रोपती छन्त्याल, प्रअ जमुना राना र क्लबका अध्यक्ष पुन लगायतले हरिकलाका श्रीमान् हर्कबहादुरलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

छन्त्यालको चितवनमा रहेको बिपी कोइराला स्मृति क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएकी छन्त्याल बिरामी परेपछि महँगो उपचार खर्च जुटाउन परिवारलाई समस्या भएपछि बेनी नगरपालिका–३ को वडा कार्यालयको सिफारिसमा क्लबले अभियान सञ्चालन गरेको थियो ।

यसैगरी हिमचुली स्र्पाेट्स क्लबले बालप्रिय सारदा आधारभूत विद्यालयको शैक्षिक क्रियाकलापका लागि रु ५० हजार पनि सहयोग गरेको छ । रासस