३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

फेक रेस्क्यु गर्ने गिरोह सार्वजनिक

फेक रेस्क्यु गर्ने गिरोह सार्वजनिक
अ+ अ-

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यू) मार्फत ठगी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ ।

आईतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले साढे दुई महिनाको सघन अनुसन्धानपछि तीनवटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन् ।

अनुसन्धानबाट उच्च हिमाली क्षेत्रमा सामान्य स्वास्थ्य समस्या जस्तै टाउको दुखाइ वा थकानलाई ‘एक्युट माउन्टेन सिकनेस’ भनेर झूटो प्रचार गरी हेलिकप्टरमार्फत फर्जी उद्धार गराउने, नक्कली उपचार बिल तथा कागजात तयार पार्ने र अन्तर्राष्ट्रिय बिमा कम्पनीबाट करोडौं रुपैयाँ ठगी गर्ने धन्दा चलिरहेको पुष्टि भएको छ । गिरोहले एउटै उडानमा बहुविध बिमा दाबी गर्ने, चार्टर फ्लाइटलाई रेस्क्यूमा रूपान्तरण गर्ने, प्राइभेट अस्पतालसँग मिलेर फर्जी बिल बनाउने तथा मिडलम्यानबाट कमिसन लिने गरेको तथ्य फेला परेको छ ।

सीआईबीको अनुसन्धानअनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले कुल १,२४८ जनाको उद्धार गरेको रेकर्डमध्ये १७१ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । यसबाट कम्पनीले १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर बिमा दाबी गरेको पाइएको छ । त्यसैगरी नेपाल चार्टर सर्भिस प्रालिले कुल ४७१ जनाको उद्धारमध्ये ७५ जनाको फेक रेस्क्यू गरेको छ भने यसबाट ८२ लाख अमेरिकी डलर माग दाबी गरेको अनुसन्धानमा देखिएको छ ।

एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिले कुल ६०१ जनाको उद्धारमध्ये ७१ जनाको शंकास्पद रेस्क्यू गरेको पाइएको छ र यसबाट ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको छ । यी फेक रेस्क्यूबाट कुल ठगीको रकम करिव २ अर्ब ९० करोड नेपाली रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
विदेशी मिडियाले नेपालमा करिब ३५ प्रतिशत रेस्क्यू फेक भएको उल्लेख गरेका थिए भने २०८२ असोजयता थप उजुरीहरू आएका छन् । यसअघि सन् २०१८ मा पनि यस्तै घोटालाको प्रतिवेदन आएको थियो तर पूर्ण कारबाही हुन सकेन ।

डा. केसीले भन्नुभयो, “उनीहरूलाई राष्ट्रहित विपरीतको गतिविधिमा संलग्न भएको अभियोगमा मुद्दा चलाइनेछ । यस कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि प्रमाण खोजी भइरहेको छ र प्रमाण फेला लागेपछि तत्काल पक्राउ गरी कारबाही अघि बढाइनेछ ।”

सीआईबीले छुट्टै कार्यदल गठन गरी अनुसन्धान गरेको छ भने पर्यटन मन्त्रालयले पनि छानबिन समिति बनाएको थियो । फेक रेस्क्यूसम्बन्धी उजुरीहरू अझै आउने क्रम जारी छ । यस घटनाले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा गम्भीर असर पार्नसक्ने भएकाले प्रहरीले यसलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइरहेको छ । –न्युज एजेन्सी नेपाल