१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण

दोस्रो चरणको चक्रपथ विस्तार: तयारी पर्खंदै चीन

दोस्रो चरणको चक्रपथ विस्तार: तयारी पर्खंदै चीन
अ अ+ अ-

काठमाडौँ । पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तार अन्तर्गतको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि रूख कटान, बिजुलीका पोल स्थानान्तरण तथा सडक क्षेत्रमा परेका संचरना हटाउने कार्य हुन नसक्दा काममा ढिलाइ भएको हो । त्यसैगरी, महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार सुरु हुन नसकेको हो । सम्बद्ध अधिकारीका अनुसार महाराजगञ्ज क्षेत्रमा घर भत्काउनु र जग्गा अधिग्रहण गर्न नसकिँदा दोस्रो चरणको चक्रपथ विस्तार कार्यमा समस्या देखिएको छ ।

चक्रपथको कलङ्कीदेखि धोबीखोला (चावहिल) पुलसम्म दोस्रो चरणमा विस्तार गर्न लागिएको हो । चक्रपथको यो खण्डको कुल लम्बाइ ११.६ किलोमिटर छ । कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८.२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ । चक्रपथ विस्तारअन्तर्गतको सो खण्ड विस्तार गर्न चीन सरकारसँग सम्झौता र सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा सो क्षेत्रमा जडान गरिएका युटिलिटिज (प्रयोग) का सामग्रीहरूको स्थानान्तरण हुन नसक्दा विस्तार कार्य अघि बढ्न नसकेको हो ।

पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रका जग्गा अधिग्रहण गर्ने निर्णय गरे पनि अधिग्रहण प्रक्रिया सुरु हुनसकेको छैन । चक्रपथ विस्तार गर्न यो खण्डमा सडक सीमाको दायाँ बायाँ ३१/३१ मिटर जग्गा अधिग्रहण गरिनुपर्ने र सोको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सडक विभाग, विकास सहायता महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबीखोला पुलसम्म विस्तार गर्न दुई मुलुकबीच सबै कानुनी प्रक्रिया पूरा भइसकेको बताए । उनले सडक विस्तारका लागि नेपालतर्फको तयारी पूरा हुन नसकेकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको जानकारी दिए ।

सन् २०१८ को जुनसम्म चक्रपथको उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग यसअघि नै लिखित आग्रह गरिसकेको छ । उनले भने, ‘‘चक्रपथ विस्तारका लागि चिनियाँ टोली नेपालको तयारी कुरेर बसेको छ, रुख कटान, बिजुलीको पोल स्थानान्तरण, सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सम्पन्न हुन तथा जग्गा अधिग्रहणको काम पूरा भएको जानकारी हुने बित्तिकै चिनियाँ टोली नेपाल आई काम सुरु गर्ने छन् । ’’ चक्रपथको ६२ मिटर ‘राइट अफ वे’ क्लियर नभएसम्म चिनियाँहरूले काम सुरु नगर्ने उनले जानकारी दिए ।

रूख कटान, बिजुलीको पोल स्थानान्तरण तथा जग्गा अधिग्रहण कार्य समयमा हुन नसक्दा चक्रपथको कोटेश्वर–कलङ्की खण्ड विस्तारमा चिनियाँ पक्षले अनावश्यक समय र लगानी ब्यहोर्नुपरेको चिनियाँ पक्षको भनाइ छ । दोस्रो चरणको विस्तारका लागि भने नेपालतर्फको सबै तयारी पूरा नभएसम्म काम सुरु नगर्ने अडान चिनियाँ पक्षको रहेको महाशाखाका प्रमुख थापाले बताए । चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले अधिग्रहण गर्नुपर्ने जग्गा र भत्काउनुपर्ने घरहरूको पहिचान गर्न प्रारम्भिक अधिकारी तोक्न सकेको छैन । प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले अधिग्रहण गर्नुपर्ने जग्गा र भत्काउनुपर्ने घरहरूको पहिचान गर्न प्रारम्भिक अधिकारी तोक्न सहरी विकास मन्त्रालयमा फाइल पेस गरिएको छ ।

मन्त्रालयबाट निर्णय भएर आइनसकेको जानकारी दिए । प्रारम्भिक अधिकारी तोक्ने अधिकार सहरी विकास मन्त्रालयको हो । उनले भने, ‘‘अधिग्रहण गर्नुपर्ने जग्गा र भत्काउनुपर्ने घरहरूको पहिचान गरी प्रारम्भिक अधिकारीले दिएको प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मुआब्जा लिन ३५ दिने सार्वजनिक सूचना जारी गर्ने छन् । ’’ फागुनको अन्तिम सातादेखि चक्रपथ क्षेत्रमा परेका घर भत्काउने लक्ष्य प्राधिकरणको रहेको जानकारी प्राधिकरण प्रमुख तिवारीले दिए ।

रूख कटान अन्तिम चरण: काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले कलङ्कीदेखि धोबीखोलासम्म विस्तारका लागि अहिले सडकको ‘राइट अफ वे क्लियर’ गर्ने काम तीव्रताका साथ भइरहेको जानकारी दिँदै अहिले रूख कटान, बिजुलीको पोल स्थानान्तरण तथा जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनका अनुसार रूख कटानको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ भने कलङ्कीदेखि नयाँ बसपार्कसम्म बिजुलीको पोल स्थानान्तरणको काम सम्पन्न भइसकेको छ ।

बिजुलीको पोल स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणलाई १० करोड रुपियाँ भुक्तानी भइसकेको छ । उनका अनुसार कुल दुई हजार एक सय रूख काट्नुपर्नेमा अहिले करिब एक हजार आठ सय रूखको कटान भइसकेका छन् । त्यसैगरी, महाराजगञ्ज चोकका घरहरू हटाउनु र नयाँ बसपार्क नजिक रहेका आकाशेपुल भत्काउनुबाहेक चक्रपथ क्षेत्रमा परेका संरचनाहरू हटाउने कामसमेत भइसकेको छ ।

विस्तारको मुख्य समस्याका रूपमा रहेको महाराजगञ्ज चोकको वरिपरि २१७ मिटर क्षेत्रमा परेका जग्गा अधिग्रहण र घर भत्काउनु नै रहेको बताउँदै उनले त्यसका लागि मन्त्रिपरिषद्बाट निर्णय भई काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत काम अगाडि बढिसकेको जानकारी दिए । चक्रपथको ‘राइट अफ वे’ ६२ मिटर हुनुपर्नेमा महाराजगञ्ज चोक क्षेत्रमा ३० मिटर मात्र छ । जुनसुकै डिजाइनमा विस्तार गरिए पनि महाराजगञ्ज चोक क्षेत्रमा पर्ने घर भत्काउनुको कुनै विकल्प नरहेको उनले स्पष्ट पारे ।

‘डीपीआर’ तयार: चिनियाँ पक्षले कलङ्कीदेखि धोबीखोलासम्म ‘डीपीआर’ तयार गरिसकेको काठमाडौँ चक्रपथ सुधार आयोजना प्रमुख रिमालले जानकारी दिए । काम सुरु भएको तीन वर्षभित्रमा विस्तार कार्य सम्पन्न गरिने जनाइएको छ । कोेटेश्वर–कलङ्की भन्दा कलङ्की–धोबीखोल खण्डको डिजाइन फरक हुने जानकारी आयोजना प्रमुख रिमालले दिए । यस खण्डमा दुई सडकको बीचमा खाली ठाउँ राखिने छ जसलाई ‘मेडियन’ भनिन्छ ।

रातिको समयमा चालकको आँखामा विपरीत दिशाबाट आइरहेको सवारी साधनको बत्तीको प्रकाश पर्ने गरेको हुनाले यस खण्डमा ‘मेडिन’ राखिने भएको छ । कोेटेश्वर–कलङ्की खण्डमा ‘मेडियन’ राखिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गर्नुभएको चीन भ्रमणका क्रममा पूरै चक्रपथ विस्तार गर्ने सहमति भएको थियो । २०२७ सालमा चीन सरकारकै अनुदान सहयोगमा चार लेनको चक्रपथ निर्माण भएको थियो । गोरखापत्र दैनिकबाट