१७ श्रावण २०८३, आईतवार
,
Latest
दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा ‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्केली अधिकृत समाजमा नयाँ नेतृत्व



अ+ अ-

गण्डकी। कस्केली अधिकृत समाजको ११औँ साधारणसभा तथा आठौँ अधिवेशनले चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

समाजको उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, सचिवमा महेश पौडेल, सहसचिवमा वासुदेव पौडेल र कोषाध्यक्षमा शीला बराल सापकोटा निर्वाचित बन्नुभएको छ ।

यस्तै, समिति सदस्यमा अनिलकुमार शाही, सुमित्रा मल्ल (उदास), मैया पराजुुली, वसन्त चालिसे, चन्द्रवती अधिकारी (वाग्ले), अनिल सुवेदी, सन्ध्या पौडेल र अमृत कँडेल रहनुभएको छ । यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले समाजका माध्यमबाट कास्की जिल्ला मात्र नभई समग्र गण्डकी प्रदेशलाई नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा भरतबहादुर खत्रीले मानव जीवनमा सफलताका लागि निरन्तर क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो ।

समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल, कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेललगायतले समाजका माध्यमबाट जिल्लाको समृद्धि र विकासमा महत्त्वपूर्ण योगदान गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा समाजद्वारा प्रकाशित अधिकृत आवाज अङ्क ११ को लोकार्पण गरिएको थियो । यस्तै, समाजका संस्थापकद्वय तदर्थ समितिका अध्यक्ष शिवप्रसाद पराजुली र पहिलो कार्यसमितिका अध्यक्ष सिडिई कृष्णकान्त सिग्देल र कार्यसमितिको उत्कृष्ट पदाधिकारीमध्येबाट महेश पौडेललाई सम्मान गरिएको थियो । रासस