१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण

माटो सुहाउँदो समाजवादको बहस गरौँ: गौतम

माटो सुहाउँदो समाजवादको बहस गरौँ: गौतम
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारमा एक पहल भएको बताएका छन् । पार्टीको जनवर्गीय संगठन जनसांस्कृतिक महासंघ नेपाल र यसका सात घटक संगठनको केन्द्रीय कमिटीको शपथ कार्यक्रममा नेता गौतमले समाज रुपान्तरणको तल्लो एकाइ परिवारलाई सुधार गर्न नसक्नेले समाजलाई बदल्न नसक्ने बताए । उनले भने, ‘नेकपाले भर्खर मात्रै आचारसंहिता जारी गरेको छ, संस्कृति सुधारको यो एउटा सार्थक प्रयास हुनेछ ।’

उनले नेपालको आवश्यकता र औचित्यअनुरुप वैज्ञानिक समाजवाद ल्याउनुपर्नेमा जोड दिँदै तर अन्य मुलुकको जस्तै शासन व्यवस्था यहाँ हुनुपर्छ भन्ने नरहेको स्पष्ट गरे । नेता गौतमले सांस्कृतिक क्रान्ति आर्थिक क्रान्तिको वाहक हो भन्दै संस्कृतिकर्मीले देश निर्माणको युगमा होमिन सघाउने खालका साहित्य सिर्जना हुनुपर्नेमा जोड दिए । ‘साम्राज्यवाद रहँदासम्म समाजवाद आउन सक्दैन’, उनले भने, ‘साम्राज्यवादलाई परास्त पार्दै नेपालको माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौँ ।’

नेकपा नेतृत्वको करिब दुई तिहाइको सरकारले परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताउँदै उनले राष्ट्रियसभाको निर्वाचनपछि नेकपाले सो सदनमा दुई तिहाइ स्थान हासिल गरेको जनाउँदै भने, ‘जनताले परिवर्तनको स्वाद चाख्न पाउने गरी सरकारले काम गर्नुपर्छ । अर्को निर्वाचनमा जनताले अघिल्लो निर्वाचनको घोषणापत्र पल्टाएर प्रश्न गर्ने स्थिति सिर्जना गर्नुहुँदैन । परिणाम दिन सकेनौँ भने भयावह हुनेछ, त्यसको फाइदा प्रतिस्पर्धी दलले लिनेछ ।’ सौर्य दैनिकबाट